Nepal Times
Nepal Times
162
Shares

आज नेप्सेमा ३.९४अंकको गिरावट

आज नेप्सेमा ३.९४अंकको गिरावट

११ माघ ,काठमाडौं ।

नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो । बजार २०८४.०९ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।यस दिन साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ ।

यो कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक १.०३ प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.