नेपाली सेना र प्रहरी एकाइमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

१३ माघ,एजेन्सी ।

नेपाल प्रहरीको गुप्तचर निकाय र सीआईबी संयुक्त राज्य अमेरिकाको कालोसूचीमा परेको छ । नेपालका यी दुई रणनीतिक एकाइलाई अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेको भन्दै कालोसूचीमा राखेको हो । यसैका कारण नेपाल प्रहरीकासाथै नेपाली सेनाका केही एकाइमाथि पनि अमेरिकाले सहयोगमा प्रतिबन्धसमेत लगाएको छ ।

सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई कानुन अनुसार अमेरिकाले सहयोगका लागि अयोग्य ठहर गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

Advertisement

अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको विवरण अनुसार वैदेशिक सहयोग कानुन १९६१ को धारा ६२० एम अन्तर्गत कुनै पनि सहयोग उपलब्ध नगराइने सुरक्षा फौजको सूचीमा नेपाल प्रहरी र नेपाली सेनाका एकाइहरू पनि परेका हुन् । त्यसरी वैदेशिक सहयोगमा रोक लगाइएका एकाइहरूको नाम अमेरिकी सरकारले सन् २०१७ देखि सार्वजनिक गर्न थालेको थियो ।

उक्त वर्ष नेपाली सेनाको युद्धकार्य महानिर्देशालयअन्तर्गत विशेष फौजका रूपमा राखिएका भैरवनाथ गण र युद्धभैरव गण सो सूचीमा परेका थिए । सन् २०१८ को सूचीमा नेपाली सेनाको मध्यपृतना अन्तर्गतका देवीदत्त गण, नम्बर २ जगदल गण र सुदूरपश्चिम पृतनाअन्तर्गतका रुद्रध्वज गण रहेका थिए ।

Advertisement

सन् २०२१ को सूचीमा चाहिँ प्रहरीका दुई एकाइ परेका थिए । त्यसमा नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष ब्यूरो र महाराजगञ्जस्थित सीआईबी रहेका छन् । दश वर्षे सशस्त्र द्वन्द्वकालका मुद्दासहित कतिपय गम्भीर मानव अधिकार उल्लङ्घनका आरोपलाई ध्यान दिँदै अमेरिकाले विगतमा पनि सेना र प्रहरीका एकाइ तथा अधिकारीहरूलाई त्यस्तो सूचीमा राख्ने गरेको थियो ।

सुरक्षा निकायका अधिकारीहरूले त्यस्तो सूचीमा पर्दा वृत्तिविकास लगायतमा बाधा पुगिरहेको बताइरहँदा काठमाण्डूस्थित अमेरिकी राजदूतावासले गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्नहरूलाई न्यायको कठघरामा ल्याउन प्रभावकारी कदम चाल्ने विषयमा नेपाल सरकारसँग कुरा गर्न आफू खुला रहेको जनाएको छ ।

नेपाली अधिकारीहरूका अनुसार सुरक्षा निकायका एकाइ र कैयौँ सदस्यले अमेरिकी सूचीमा परेका कारण तालिम र विदेश यात्रामा सहभागी हुँदा समस्या भोग्नु परिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top