Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?

काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?

१४ माघ, विराटनगर ।

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ।अधिकत तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ।

हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।न्यूनतम र अधिकतम तापक्रम दुबै कम हुँदै जाँदा काठमाडौंमा चिसो दिनहुँ बढेको महसुस गरिएको छ।आज सबैभन्दा कम तापक्रम जुम्लामा छ। महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.