×

NEPAL TIMES UPDATES

Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026
Playing
ट्रेड युनियन हट्ने भएपछि राजनीति गर्ने कर्मचारीको निन्द्रा गायब || Nepal Times
May 01, 2026

जीबी राईविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

१४ माघ २०८०

१४ माघ, काठमाण्डौ ।

ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालकसमेत रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते नै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । सोही पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन् । उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ । अनुसन्धान चरण र अदालतमा विचाराधीन मुद्दाका फरार प्रतिवादी देशभित्र फेला नपरेमा इन्टरपोलमार्फत खोजबिनका लागि सम्वन्धित देशका प्रहरीको अनुरोधमा डिफ्युजन नोटिस जारी हुन्छ ।नेपाल इन्टरपोलको सदस्य राष्ट्र हो ।

राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग छ । राईसहित सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र हालका अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध नोटिस जारी गर्न अनुरोध गरेकोमा उनीहरुको हकमा निर्णय भइनसकेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राईले पोखराको सूर्यदर्शन र चितवनको साहारामा जस्तै वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर दसौं हजार सर्वसाधारणको बचत हिनामिना गरेको आरोप छ ।

त्यसमध्ये सूर्यदर्शनको हिनामिनाको मुद्दा मात्रै अदालत पुगेको छ । मुद्दाका मुख्य अभियुक्त नै फरार हुँदा बचतकर्ताको रकम कसरी असुल हुने भन्नेमा अन्योल छ । यस प्रकरणमा तत्कालीन अवस्थामा ग्यालेक्सी फोर–केका संचालक रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिदै आएका छन् ।

यसै विषयमा उनीविरुद्ध सहकारी विमाग र संसदस्य समितिमा लिखित उजुरी समेत परेको छ । तर रविले यस प्रकरणमा आफ्नो संम्लग्नता नरहेको बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top