Nepal Times
Nepal Times
3
Shares

मस्क फेरि विश्वकै धनाढ्य,एकैदिन बढ्यो ५ बिलियन डलर

मस्क फेरि विश्वकै धनाढ्य,एकैदिन बढ्यो ५ बिलियन डलर

१६ माघ ,एजेन्सी ।

विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेका अमेरिकी धनाढ्य एलन मस्क फेरि विश्वकै धनी बनेका छन् । फ्रान्सेली अर्बपति तथा एलभिएमएचका सीइओ बर्नार्ड अरनाल्ट विश्वकै धनी व्यक्ति बनेपछि सबैभन्दा धनीको विरासत गुमाएको एक दिन नवित्दै मस्क विश्वकै धनीको सूचीमा शीर्ष स्थानमा फर्किएका हुन् ।

टेस्लाको सेयर गिरावटका कारण सम्पत्तिमा कमी आउँदा दोस्रोमा धकेलिएका मस्क फेरि टेस्ला र स्पेस एक्सको सम्पत्तिमा एकैदिन ५ दशमलव ५ बिलियन अर्थात २ दशमलव ६८ प्रतिशत सम्पत्ति बढोत्तरी भएपछि विश्वकै धनी बनेका हुन् । फोर्ब्सको रियल टाइम बिल्यनियर्स सूचीकाअनुसार मस्कको सम्पत्ति २ सय १० दशमलव २ बिलियन डलर रहेको छ ।

जबकी यसअघि मस्कलाई उछिनेका फ्रान्सेली अर्बपति अरनाल्टको नेटवर्थ २०८ दशमलव ५ बिलियन अमेरिकी डलर रहेको छ । जबकी उनको सम्पत्ति ०.४० प्रतिशत अर्थात ८ सय ८७ मिलियन अमेरिकी डलरले मात्रै वृद्धि भएको छ । त्यस्तै, तेस्रो स्थानमा रहेका अमेजोनका मालिक जेफ बेजोसको सम्पत्ति १८३ दशलमव ४ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

यो सूचीको पााचो नमबरमा फेसबुकका मालिक मार्क जुकरर्बग रहेका छन् । उनको कुल सम्पत्ति १ सय ४१ द्यशलमव ५ बिलियन डलर रहेको छ । उनको सम्पत्ति २ दशलमव ४ बिलियन डलर बृद्धि भएको छ । लामो समयावधिसम्म विश्वकै सबैभन्दा धनी बनेका विल गेट्स भने धनाढ्यको सूचीमा आठौं स्थानमा छन् ।

उनको सम्पत्ति १ सय २३ दशमलव ७ बिलियन डलर रहेको छ । धनाढ्यको सूचीको ११ औं नम्बरमा भने छिमेकी देश भारतका अर्बपति व्यवसायी मुकेश अम्बानी रहेका छन् । उनको सम्पत्ति १०९.५ बिलियन अमेरिकी डलर रहेको छ ।

गत वर्षको तुलनामा उनको सम्पत्ति ४.८७ प्रतिशत अर्थात ५.१ बिलियन अमेरिकी डलर वृद्धि भएको छ । केही समयअघि अम्बानीलाई पछि पारेका अर्का भारतीय धनाढ्य भने यो सूचीमा सोहौं स्थानमा छन् । उनको कुल सम्पत्ति ७८ दशलमव ४ बिलियन अमेरिकी डलर रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.