१६ माघ , एजेन्सी ।
विश्वकै धनाढ्य एवं प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन् । मस्कको कम्पनी न्यूरालिङ्कले संसारमै पहिलोपटक मानिसमा आफ्नो वायरलेस ब्रेन चिप सफलतापूर्वक जडान गरेको हो । मस्कका अनुसार प्रारम्भिक नतिजामा राम्रो न्यूरोन स्पाइक्सको पत्ता लागेको र जो व्यक्तिमा चिप जडान गरिएको छ, तिनी पनि स्वस्थ छन् ।
मानव मस्तिष्कलाई कम्प्यूटरसँग जोड्नका लागि उक्त प्रयोग गरिएको कम्पनीले बताएको छ । मानव मस्तिष्क कम्प्यूटरसँग जोडिए पछि जटिल स्नायूसँग सम्बन्धित रोगबाट लड्न मद्दत पुग्ने कम्पनीको भनाइ छ । मस्कको कम्पनीलाई गत वर्ष मे महिनामा मानिसमाथि चिपको परीक्षण सुरु गर्न फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनले अनुमति दिएको थियो ।
मस्कको कम्पनी न्यूरालिंक एक स्टार्टअप हो, जसको शुरुआत मस्कले २०१६ मा केही बैज्ञानिकहरु र इन्जिनियरहरुलाई साथमा लिएर गरेका थिए । न्यूरालिंक ब्रेन चिप इंटरफेस बनाउने काम गर्छ । जसलाई मानिसकको मस्तिष्कमा इंप्लांट गर्न सकिन्छ ।
यी चिपका सहयोगले अपांगता भएका मानिसहरु जो हिडडुल गर्न सक्दैनन वा बोल्न, देख्न सक्दैनन यसको सहयोगले धेरै हदसम्म सहज जीवन जिउन सक्छन् । चिपको सहयोगले न्यूरल सिग्नललाई कम्प्यूटर वा फोनजस्ता डिभाइसमा ट्रांसमिट गर्न सकिन्छ ।
यद्यपी मस्कको कम्पनीले आलोचना पनि खेप्नु परेको छ । खासगरी उनको कम्पनीले ल्याबमा जनावरहरुमा पहिले चिप लगाउन परिक्षण गरेको थियो । जसको निकै आलोचना भएको थियो । सन २०२२ मा कम्पनीले अमेरिकाको केंद्रीय जांचको पनि सामना गर्नु परेको थियो ।
यो कम्पनीले परीक्षणको क्रममा १५०० जनावरहरुको ज्यान लिएको पनि आरोप लागेको थियो । जसमा मुसा, बाँदर, सुंगुर आदी थिए । तर कम्पनीले सबै आरोपहरुलाई अस्वीकार गरेको छ । मानिसमा वायरलेस ब्रेन चिप जडान गरेपछि एलन मस्कले भने, शुरुआती नतिजा निकै उत्साहजनक छ ।
न्यूरालिंकको वेबसाइटमा दिइएको जानकारीअनुसार, इंडीपेंडेंट इंस्टीट्यूशनल रिभ्यू बोर्डबाट अनुमति प्राप्त भइसकेको छ । मेडिकल डिभाइस PRIME -Precise Robotically Implanted Brain Computer Interface को ट्रायल सफल रह्यो, जसमा वायरलेस ब्रेन कंप्यूटर इंटरफेसको परीक्षण गरिएको थियो । यो परीक्षणको उद्देश्य मानिसको मस्तिष्कमा चिप लगाउदा हुने सुरक्षाको आकलन गरिएको थियो ।