बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान

१५ माघ ८०, मंगलबार

१६ माघ ,काठमाडौं । 

भनिन्छ राष्ट्रिय वन नेपालको धन । नेपालमा वनजङगल संरक्षणका लागि सरकारले समेत समुदायसँग मिलेर विभिन्न योजना बनाइरहेको छ । वनफडानी रोक्ने उद्धेश्यले वनको जिम्मा समुदायस्तरलाई दिइएको छ । अझ एउटा रुख काट्नु अघि त कम्तिमा १० वटा विरुवा रोप्नुपर्ने हुन्छ ।

तर अहिले पोखरामा बाँदरको नियन्त्रण गर्न भन्दै रुख नै काट्नु पर्ने अभियान सुरु गरिएपछि भने यो विषयले धेरैको ध्यान खिचेको छ । रुख काट्ने सूचना अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ नै भएको छ । वडा तहबाट निर्णय गरी वडाध्यक्षले नै रुख काट्न आग्रह गरेपछि पोखरा महानगरपालिकाका मेयरले नै यसप्रति असहमति जनाएका छन् ।

Advertisement

बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियानप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आपत्ति जनाएका छन् । सोमबार पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना जारी गरेका थिए ।

‘मेरो रुख म काट्छु’ नाम दिइएको यो अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ । उक्त सूचना अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । सूचनामा साविक लामाचौर, पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित भएको उल्लेख छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेकाले उक्त नीतिलाई साथ दिन खोजिएको सूचनामा जनाइएको छ ।

Advertisement

‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,” पाण्डेले भनेका छन् । सूचनाप्रति मेयर आचार्यले मंगलबार सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

“आफ्नो रुख आफैँ काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने÷फाँड्ने) नगर्नू÷नगराउनुहुन सम्बधित सबैलाई जानकारी गराइसकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ,” आचार्यले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top