Nepal Times
Nepal Times
3
Shares

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको सुधार

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको सुधार

१६ माघ ,काठमाडौं । 

नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेपनि झिनो सुधार भएको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ ।

गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेको छ ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । यसपाली सबै मुलुकहरुको औसत अंक ४३ छ ।

राजनीतिमा हुने भ्रष्टाचारको मापनमा नेपालको अवस्था सुध्रिएकाले नेपालले झिनो अंकमा प्रगति गरेको हो । सन् २०२३ को सीपीआईसम्बन्धी विवरण सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले संसदमा विचाराधिन भ्रष्टाचार सम्बन्धी विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

उनले राजनीतिक व्यक्तिमाथि पनि भ्रष्टाचारका उजुरीमा छानविन गर्न सार्वजनिक पदाधिकारीको सम्पत्ति छानविन प्रभावकारी बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.