NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ बुधबार माघ ७ , २०८२
Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club बुधबार माघ ७ , २०८२
2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874 बुधबार माघ ७ , २०८२
Top casinos liste : quel casino en ligne choisir en 2024 ? बुधबार माघ ७ , २०८२
Allyspin Casino Login-Leitfaden: Tipps für einfachen und schnellen Zugriff बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

बुधबार माघ १७ , २०८०
Reading Time: 1 min read
A A
बुद्धको  अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ माघ , विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्ष, एक महिनाको अवधिमा धेरै साहसिक काम गरेको दाबी गरेका छन्। सरकारको कामले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक नयाँ आशाको सञ्चार भएको उनले बताएका छन् । नेपाल टेलिभिजनको स्थापना दिवसमा उनले भने, ‘सरकारले इतिहासले सम्झिने गरी जनपक्षीय काम अघि बढाएको छ।

नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता कार्यले जनतामा आशा जगाएको उल्लेख गरे।

सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको दाबी उनले गरेका छन् । तर उनका यी दाबीहरुलाई चाँही जनताले भोगेका समस्या, प्रतिपक्ष दलहरुले उठाएका प्रश्न र कतिपय मन्त्रीहरुले नै खण्डन गरिदिएका छन् । प्रधानमन्त्रीले अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहदा ४ दिन अघि मात्रै देशको ढिकुटीको डाडुपुनिउ सम्हालेका अर्थमन्त्री डा प्रकाश शरण महतले नै लक्ष्य अनुशारको राजस्व नउठेपछि अझै पनि अर्थतन्त्र चुनौतीपूर्ण नै रहेको स्वीकारेका थिए ।

प्रधानमन्त्रीले यसरी इतिहासले सम्झिने गरी काम गरेको दाबी गरिरहदा भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि त्यो पनि विना प्रतिस्पर्धा प्रधानमन्त्री निकटका ठेकेदार शारदाप्रसाद अधिकारीका छोराको निजी कम्पनीलाई दिने सहमतिपछि सरकारको शुसासनमाथि जनप्रतिनिधि र स्थानीय जनताले नै प्रश्न उठाएका छन् । कोषले केही समयअघि प्रधानमन्त्री प्रचण्डका पूर्व घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

रामग्राम परियोजनामा स्थानीयवासीको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ । कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे पाँच अर्ब रूपैयाँ लाग्ने अनुमान छ । जग्गा अधिग्रहण गरेपछि चार कुनामा चार स्तूप र विभिन्न देशका १६ वटा विहार तथा ध्यान केन्द्र बनाउने योजना छ ।

अहिले रहेको स्तूप परिसरमा हारियाली बनाउने र तीर्थयात्रीले पूजा गरेर दीप प्रज्ज्वलन गर्ने व्यवस्था गरिने भनिएको छ । प्रमिस्ड ल्यान्डले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डको जन्मदिन पारेर प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री सुदन किराती तथा कोषका पदाधिकारीलाई समेत प्रभावित गर्न ५० लाख रुपैया बढी खर्च गरेर ‘रामग्राम दूरदर्शी परियोजना’ शुभारम्भ गरेको थियो ।

तर विवादास्पद छविका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा विना प्रतिष्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि लिजमा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयले स्थानीय राजनीतिक दल र रामग्रामसंग सरोकार राख्नेहरुले विरोध जनाउँदै उक्त सहमति बदर गर्न माग गरेका छन् । यस प्रकरणले संसदीय समितिमा पनि प्रवेश पाएको छ ।

यो विषयले संसदीय समितिमा समेत प्रवेश पाएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय मागेको छ । समितिका सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको प्रधान कार्यालयलाई पत्र लेखेर बुद्ध समाधिस्थल भाडामा दिने विषयमा भएका निर्णयसम्बन्धी कागजात ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन् एवं बौद्ध स्तुपा निर्माण तथा भाडामा दिने गरी विना प्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी भनी सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि लेखा समितिले चासो देखाएको हो । ‘‘के कसो भएको हो सोको जानकारी समितिलाई सात दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु’ मन्त्रालय र लुम्बिनी विकास कोषलाई लेखिएको पत्रमा भनिएको छ । लेखा समितिले मन्त्रालय र कोषसँग पाँच वटा विषयमा जानकारी मागेको छ ।

जग्गा अधिग्रहणको प्रक्रिया नै नथाली लिजमा दिने निर्णय नै गलत भएकाले थुप्रै शंका उत्पन्न गराएको हुँदा निर्णय बदर गर्नुपर्ने स्थानीय सरोकारवालाहरुले पनि माग गरेका छन् । स्थानीयले जग्गाको मूल्यबारे छलफल र सहमति नै नगरी एकैपटक लिजमा दिने कुराले ठूलो आर्थिक चलखेलको आशंका उत्पन्न भएकाले विरोध जनाउनु परेको बताएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले प्रमिस्ड ल्याण्ड कम्पनीसँग लिजमा दिने सैद्धान्तिक सहमति भएको तर सम्झौता भइनसकेको बताएका छन् । कोषले मोक्ष फाउन्डेसन र प्रमिस्ड ल्यान्डको प्रस्तावमा छलफल गरी सैद्धान्तिक सहमति दिएको तर अर्थ मन्त्रालय र पुरातत्व विभागले सहमति नदिंदासम्म योजना अघि नबढ्ने उनले बताए । मोक्ष फाउन्डेसनको मुख्य कार्यालय सिंगापुरमा छ ।

यसअघि रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले दावी गरेको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सोमबार विज्ञप्ति जारी गर्दै १२० बिघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भनेर समाचारमा भनिएकोमा त्यो आफैमा भ्रामक रहेको बताएका थिए ।

‘लुम्बिनी विकास कोष अन्तरगत रहेको नवलपरासी पश्चिम, रामग्राममा १२० बिघा जग्गा छैन् । जग्गा अधिकरण गर्ने विकास कोषलाई अधिकार छैन । सो जग्गा अधिकरण गर्न रकम पनि छैन’, उपाध्यक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको जग्गा लिजमा दिने र सम्झौता ग¥यो भन्ने कुरामा कुनै सत्यता छैन । बुद्धको पवित्र अस्तु धातु रहेको ठाउँलाई प्रचार–प्रसार गर्नुको साटो त्यस क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने गरि यस्तो कपोकल्पित दुष्प्रचार गर्नु खेदजनक छ ।’

वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान,कानून र प्रचलित अभ्यास भित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरुको अनुमति लिएर मात्र हरेक काम सञ्चालन हुने समेत विज्ञप्तीमा स्पष्ट पारिएको छ । ‘कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएर मात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहान्छु’, उपाध्यक्ष डा. लामाले विज्ञप्तिमा भनेका छन ।

बौद्धग्रन्थअनुसार बुद्धका आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग रहेको रामग्राम स्तूप हो । संसारका बौद्धमार्गीका लागि यो स्तूपको ठूलो महत्व छ । रामग्राम स्तूप अहिलेसम्म बुद्धको अस्तुधातु नझिकिएको विश्वको एक मात्र स्थल भएको बताइएको छ । बौद्ध ग्रन्थहरुका अनुसार बुद्धको महापरिनिर्वाणपश्चात् शवको दाह संस्कारपछि केही मोतीका दानाजस्ता अस्तुधातु बाँकी भए ।

दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बीच ती अस्तुधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएका जनाइएको छ । यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीय, वट्ठदीप, पावा र कुशिनगरका राजाहरुले लगे ।

उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तुधातु लगेर विशाल स्तूप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । यसमध्ये कोलिय राज्यका राजाले त्यस अस्तुधातुलाई राखेर बनाएको स्तूप नै रामग्राम स्तूपको भएको बताइएको छ । यसपछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तुधातु निकाली त्यसबाट ८४ हजार स्तूप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाएको इतिहासमा उल्लेख गरिएको छ ।

इतिहासकारका अनुसार सम्राट अशोक रामग्राममा अस्तु निकाल्न आउँदा यहाँका नाग वंशहरुले रक्षा गरेको कारण यहाँको अस्तु सुरक्षित भयो । स्तूपमा अहिले देखिने ढिस्को सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भयो । यो स्तूप रामग्राम नगरपालिकामा पर्छ ।

जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण तीन किलोमिटरस्थित उजैनी गाउँको पूर्व झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तूप हो । विश्वभरका बौद्धहरु यस स्थलमा एकमात्र अस्तुधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विभिन्न देशबाट तीर्थयात्री यहाँ आएर सामूहिकरुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् तर यहाँ पर्यटकीय पूर्वाधार अहिलेसम्म निर्माण हुन सकेको छैन ।

प्रधानमन्त्रीले एक वर्षमा गरेका इतिहास सम्झिने काम गर उनकै सरकारले नियुक्ति गरेका लुम्बिनी विकास कोषका उपाध्यक्षबाट भएको भनिएको रामग्राम बौद्ध स्तुपाबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#बुद्धको अस्तिधातु#रामग्राम भाडामा विवाद#बुद्धको समाधिस्थल

लोकप्रीय

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२

2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874

बुधबार माघ ७ , २०८२

विचार

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२

2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२
ताजा समाचार

2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874

बुधबार माघ ७ , २०८२
casin en ligne (Bogdan)

Top casinos liste : quel casino en ligne choisir en 2024 ?

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

हालका पोस्टहरू

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२

2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.