बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

१७ माघ , विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्ष, एक महिनाको अवधिमा धेरै साहसिक काम गरेको दाबी गरेका छन्। सरकारको कामले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक नयाँ आशाको सञ्चार भएको उनले बताएका छन् । नेपाल टेलिभिजनको स्थापना दिवसमा उनले भने, ‘सरकारले इतिहासले सम्झिने गरी जनपक्षीय काम अघि बढाएको छ।

नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता कार्यले जनतामा आशा जगाएको उल्लेख गरे।

Advertisement

सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको दाबी उनले गरेका छन् । तर उनका यी दाबीहरुलाई चाँही जनताले भोगेका समस्या, प्रतिपक्ष दलहरुले उठाएका प्रश्न र कतिपय मन्त्रीहरुले नै खण्डन गरिदिएका छन् । प्रधानमन्त्रीले अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहदा ४ दिन अघि मात्रै देशको ढिकुटीको डाडुपुनिउ सम्हालेका अर्थमन्त्री डा प्रकाश शरण महतले नै लक्ष्य अनुशारको राजस्व नउठेपछि अझै पनि अर्थतन्त्र चुनौतीपूर्ण नै रहेको स्वीकारेका थिए ।

प्रधानमन्त्रीले यसरी इतिहासले सम्झिने गरी काम गरेको दाबी गरिरहदा भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि त्यो पनि विना प्रतिस्पर्धा प्रधानमन्त्री निकटका ठेकेदार शारदाप्रसाद अधिकारीका छोराको निजी कम्पनीलाई दिने सहमतिपछि सरकारको शुसासनमाथि जनप्रतिनिधि र स्थानीय जनताले नै प्रश्न उठाएका छन् । कोषले केही समयअघि प्रधानमन्त्री प्रचण्डका पूर्व घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

रामग्राम परियोजनामा स्थानीयवासीको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ । कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे पाँच अर्ब रूपैयाँ लाग्ने अनुमान छ । जग्गा अधिग्रहण गरेपछि चार कुनामा चार स्तूप र विभिन्न देशका १६ वटा विहार तथा ध्यान केन्द्र बनाउने योजना छ ।

Advertisement

अहिले रहेको स्तूप परिसरमा हारियाली बनाउने र तीर्थयात्रीले पूजा गरेर दीप प्रज्ज्वलन गर्ने व्यवस्था गरिने भनिएको छ । प्रमिस्ड ल्यान्डले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डको जन्मदिन पारेर प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री सुदन किराती तथा कोषका पदाधिकारीलाई समेत प्रभावित गर्न ५० लाख रुपैया बढी खर्च गरेर ‘रामग्राम दूरदर्शी परियोजना’ शुभारम्भ गरेको थियो ।

तर विवादास्पद छविका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा विना प्रतिष्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि लिजमा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयले स्थानीय राजनीतिक दल र रामग्रामसंग सरोकार राख्नेहरुले विरोध जनाउँदै उक्त सहमति बदर गर्न माग गरेका छन् । यस प्रकरणले संसदीय समितिमा पनि प्रवेश पाएको छ ।

यो विषयले संसदीय समितिमा समेत प्रवेश पाएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय मागेको छ । समितिका सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको प्रधान कार्यालयलाई पत्र लेखेर बुद्ध समाधिस्थल भाडामा दिने विषयमा भएका निर्णयसम्बन्धी कागजात ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन् एवं बौद्ध स्तुपा निर्माण तथा भाडामा दिने गरी विना प्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी भनी सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि लेखा समितिले चासो देखाएको हो । ‘‘के कसो भएको हो सोको जानकारी समितिलाई सात दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु’ मन्त्रालय र लुम्बिनी विकास कोषलाई लेखिएको पत्रमा भनिएको छ । लेखा समितिले मन्त्रालय र कोषसँग पाँच वटा विषयमा जानकारी मागेको छ ।

जग्गा अधिग्रहणको प्रक्रिया नै नथाली लिजमा दिने निर्णय नै गलत भएकाले थुप्रै शंका उत्पन्न गराएको हुँदा निर्णय बदर गर्नुपर्ने स्थानीय सरोकारवालाहरुले पनि माग गरेका छन् । स्थानीयले जग्गाको मूल्यबारे छलफल र सहमति नै नगरी एकैपटक लिजमा दिने कुराले ठूलो आर्थिक चलखेलको आशंका उत्पन्न भएकाले विरोध जनाउनु परेको बताएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले प्रमिस्ड ल्याण्ड कम्पनीसँग लिजमा दिने सैद्धान्तिक सहमति भएको तर सम्झौता भइनसकेको बताएका छन् । कोषले मोक्ष फाउन्डेसन र प्रमिस्ड ल्यान्डको प्रस्तावमा छलफल गरी सैद्धान्तिक सहमति दिएको तर अर्थ मन्त्रालय र पुरातत्व विभागले सहमति नदिंदासम्म योजना अघि नबढ्ने उनले बताए । मोक्ष फाउन्डेसनको मुख्य कार्यालय सिंगापुरमा छ ।

यसअघि रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले दावी गरेको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सोमबार विज्ञप्ति जारी गर्दै १२० बिघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भनेर समाचारमा भनिएकोमा त्यो आफैमा भ्रामक रहेको बताएका थिए ।

‘लुम्बिनी विकास कोष अन्तरगत रहेको नवलपरासी पश्चिम, रामग्राममा १२० बिघा जग्गा छैन् । जग्गा अधिकरण गर्ने विकास कोषलाई अधिकार छैन । सो जग्गा अधिकरण गर्न रकम पनि छैन’, उपाध्यक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको जग्गा लिजमा दिने र सम्झौता ग¥यो भन्ने कुरामा कुनै सत्यता छैन । बुद्धको पवित्र अस्तु धातु रहेको ठाउँलाई प्रचार–प्रसार गर्नुको साटो त्यस क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने गरि यस्तो कपोकल्पित दुष्प्रचार गर्नु खेदजनक छ ।’

वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान,कानून र प्रचलित अभ्यास भित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरुको अनुमति लिएर मात्र हरेक काम सञ्चालन हुने समेत विज्ञप्तीमा स्पष्ट पारिएको छ । ‘कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएर मात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहान्छु’, उपाध्यक्ष डा. लामाले विज्ञप्तिमा भनेका छन ।

बौद्धग्रन्थअनुसार बुद्धका आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग रहेको रामग्राम स्तूप हो । संसारका बौद्धमार्गीका लागि यो स्तूपको ठूलो महत्व छ । रामग्राम स्तूप अहिलेसम्म बुद्धको अस्तुधातु नझिकिएको विश्वको एक मात्र स्थल भएको बताइएको छ । बौद्ध ग्रन्थहरुका अनुसार बुद्धको महापरिनिर्वाणपश्चात् शवको दाह संस्कारपछि केही मोतीका दानाजस्ता अस्तुधातु बाँकी भए ।

दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बीच ती अस्तुधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएका जनाइएको छ । यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीय, वट्ठदीप, पावा र कुशिनगरका राजाहरुले लगे ।

उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तुधातु लगेर विशाल स्तूप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । यसमध्ये कोलिय राज्यका राजाले त्यस अस्तुधातुलाई राखेर बनाएको स्तूप नै रामग्राम स्तूपको भएको बताइएको छ । यसपछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तुधातु निकाली त्यसबाट ८४ हजार स्तूप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाएको इतिहासमा उल्लेख गरिएको छ ।

इतिहासकारका अनुसार सम्राट अशोक रामग्राममा अस्तु निकाल्न आउँदा यहाँका नाग वंशहरुले रक्षा गरेको कारण यहाँको अस्तु सुरक्षित भयो । स्तूपमा अहिले देखिने ढिस्को सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भयो । यो स्तूप रामग्राम नगरपालिकामा पर्छ ।

जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण तीन किलोमिटरस्थित उजैनी गाउँको पूर्व झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तूप हो । विश्वभरका बौद्धहरु यस स्थलमा एकमात्र अस्तुधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विभिन्न देशबाट तीर्थयात्री यहाँ आएर सामूहिकरुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् तर यहाँ पर्यटकीय पूर्वाधार अहिलेसम्म निर्माण हुन सकेको छैन ।

प्रधानमन्त्रीले एक वर्षमा गरेका इतिहास सम्झिने काम गर उनकै सरकारले नियुक्ति गरेका लुम्बिनी विकास कोषका उपाध्यक्षबाट भएको भनिएको रामग्राम बौद्ध स्तुपाबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top