Nepal Times
Nepal Times
3
Shares

इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय

इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय

१७ माघ ,एजेन्सी । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । इमरान खानलाई १० वर्ष वा सोभन्दा बढी सजाय सुनाइएको यो दोस्रो मुद्दा हो। इमरान खान र उनकी रहस्यमय पत्नी बुशरा बीबीमाथि विदेशबाट महँगो उपहार थोरै पैसा वा सित्तैमा लिएको आरोप छ।

अल्कादीर ट्रस्ट मुद्दामा पनि इमरान खानविरुद्धको सजाय सुनाउन बाँकी छ । यति मात्र होइन, इमरान खानलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ । बुशरा बीबीले अडियाला जेलमा आत्मसमर्पण गरेकी छिन् । डनको रिपोर्टका अनुसार पाकिस्तानको विशेष अदालतले दम्पतीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीको आदेशमा इमरान खानले तोशाखानाबाट धेरै महँगो उपहार लिएका थिए । यसमा साउदी राजकुमारले दिएका महँगो घडीहरू पनि समावेश छन्, जसको जानकारी मोहम्मद बिन सलमानसम्म पुगेको थियो। बुशरा बीबी आफूलाई पीर मान्छिन् र उनी जिनसँग कुरा गर्छिन् भन्ने दाबी गरिएको छ ।

देशका सबैभन्दा शक्तिशाली व्यक्ति सेना प्रमुख असिम मुनीरसँग इमरान खानको विवाद गहिरिँदै गएको छ र यही कारणले चुनावअघि नै उनलाई लगातार सजाय दिइँदै आएको छ । यही सजायका कारण उनको चुनाव लड्ने बाटो लगभग बन्द भएको छ । यसअघि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खान र नेता शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

रावलपिंडीको अदियाला जेलमा सुनुवाईको क्रममा विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्कारनैनले सजायको घोषणा गरेका थिए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै इमरान खानले ट्रायलको गतिले “खेल पहिले नै तय भइसकेको“ देखाएको बताएका थिए। डनको रिपोर्टका अनुसार खानले यो सबै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई बचाउनको लागि गरिएको आरोप लगाएका छन् ।

सत्तारुढ निकायसँग वार्ता गर्ने इच्छा व्यक्त गर्दै उनले पछिल्लो समय भएका घटनाले निर्वाचनलाई बदनाम गरेको बताएका छन् । उनले पीटीआई कार्यकर्ताको गिरफ्तारीमा पाकिस्तानका प्रधानन्यायाधीश जिम्मेवार भएको आरोप लगाएका छन् ।

पीएमएल (एन) का नेता नवाज शरीफ अदालतसँगको सम्झौतामा पाकिस्तान फर्किएको र उनले प्रधानमन्त्री कार्यालय पुग्न अझै ‘वेगो गाडी’ प्रयोग गरिरहेको पीटीआईका संस्थापकले दाबी गरेका छन् । उनले अनुमति दिएपछि अहिलेसम्मकै ठूलो ¥याली गर्ने चुनौती पनि दिएका छन् । उनले जनरल बाजवा, डोनाल्ड लु र सैन्य कूटनीतिज्ञलाई साक्षीका रूपमा बोलाउन अदालतलाई आग्रह गर्ने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.