सुन तस्करीका नाइके ‘गोरे’सँग तस्करी बारे बयान

१६ माघ ८०, बुधबार

१७ माघ ,काठमाडौं ।
तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको बहुचर्चित ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यल बताएका छन् ।

२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् । अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधे–‘मलाई फेरी के गर्न थाल्नुभयो ?’ गोरेले बयानमा के बताएभन्ने बृस्तीत विवरण खुलिसकेको छैन् ।

गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले गोरेलाई सिंहदरबारमै सार्वजनिक गरेको थियो । अहिले केन्द्रीय कारागारको गोलघरभित्र रहेका गोरेलाई आयोगले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा रहेको कार्यालय बोलाएर बयान लिएको एक सदस्यले बताएका छन् ।

Advertisement

गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उक्त आयोगले गोरेसँग लिएको बयानको विस्तृत विवरण खुलाएको छैन। त्यसैगरी आयोगले साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको साढे ६० किलो सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र अनुसन्धान अधिकृतसँग पनि यसबारे सोधपुछ गरेको छ।

लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगसम्वद्ध जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

Advertisement

आयोगको सदस्यहरूमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्। सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सकेर सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन दिन भनेको छ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलो सुन बरामद गरेको थियो। उक्त सुन दुई पांग्रे सवारीसाधानको ‘ब्रेक शू’ भित्र हालेर ल्याइएको थियो। यो सुन प्रकरणबारे राजस्व अनुसन्धान विभागले सुरुका करिब १९ दिन अनुसन्धान गरेको थियो। त्यसपछि दलीय सहमति र सरकारको निर्देशनमा सीआईबीले अनुसन्धान गरेर मुद्दा पनि चलाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top