ओली र प्रचण्डलाई नै देश बनाउने हुटहुटी

१६ माघ ८०, बुधबार

१७ माघ ,काठमाडौं ।
नेपालको राजनीतिमा प्रमुख दुई शक्ति बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समुन्नत बनाउने हुटहुटी ब्यक्त गरेका छन्। सरकार संचालनको एक वर्ष पुगेको अवसरमा जनाएको प्रतिवद्धता वमोजिम प्रधानमन्त्री सिंगदरबार केन्द्रित भएर विभिन्न योजना बनाइरहेका छन् भने प्रतिपक्ष कित्तामा रहेका ओलीले समेत मिलेर देश विकास गर्नुपर्ने धारणा राखेका छन् ।

ओलीले निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर देश नबन्ने बताएका छन्। सबैको सकारात्मक प्रयासबाट मात्र देश बन्ने ओलीले बताएका छन्। ‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ’, ओलीले बुधबार भनेका छन्। व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुने उनले प्रष्ट पारे।

‘हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ’, ओलीले भनेका छन्। देश किन बनेन भन्ने प्रश्नमा मात्र सीमित रहेर देश नबन्ने उनले स्पष्ट पारे। अध्यक्ष ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासका साथ काम गर्नुपर्ने उल्लेख गरे। ‘हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुन्छौँ, देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ’, ओलीले भनेका छन्। देशमा अहिले काम गर्ने सक्रिय उमेरेको ६० प्रतिशत जनशक्ति भएकोले देश बनाउने उचित समय यही भएको उनले उल्लेख गरे।

Advertisement

‘देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसङ्ख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही हो, सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक सङ्ख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसङ्ख्या भएको देश हुन्छ, राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ’, ओलीले भनेका छन्।

ओलीले युवा शक्तिलाई देश निर्माणमा लगाउने यही नै उत्तम समय भएको र यसका लागि हरेक नागरिक लाग्नुपर्ने बताइरहदा तिनै युवाहरुलाई स्वदेशमै अवसर सृजना गर्ने गरी रुग्ण भएका सरकारी उद्योगहरु संचालना गर्ने तयारीमा प्रधानमन्त्री जुटेका छन् । ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् ।

Advertisement

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् । नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।

वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो। सेनाको प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रु. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

साथै वार्षिक सञ्चालन खर्च रु. ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ। उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ। आजै प्रधानमन्त्रीले सरकारले इतिहासले सम्झिने गरी जनपक्षीय काम अघि बढाएको बताएका छन् ।

उनले नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको बताए ।

मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यले जनतामा आशा जगाएको उल्लेख गरेका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top