मेसीले बार्सिलोनासँग गरेको सम्झौता पनि लिलामीमा

१७ माघ ८०, बिहीबार

१८ माघ, एजेन्सी ।

विश्वका महान खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो व्यवसायिक खेलजीवनको अधिकांश समय बिताएको स्पेनिस ला लिगा क्लब बार्सिलोनासँग १३ वर्षकै उमेरमा गरेको ऐतिहासिक सम्झौताको कागज लिलामीमा राखिने भएको छ। मेसीले हस्ताक्षर गरेको त्यो सम्झौतापत्रको मूल्य तीन लाख पाउण्ड अर्थात करिब पाँच करोड सात लाख नेपाली रुपैयाँ राखिएको छ ।

मेसी र बार्सिलोनाबिच सन् २००० को डिसेम्बरमा पहिलो सम्झौता भएको थियो । त्यतिबेला मेसी केवल १३ वर्षका थिए । त्यही सम्झौतापत्र अहिले लिलामीमा राख्न खोजिएको हो । त्यो सम्झौतापत्रमा मेसीका अतिरिक्त बार्सिलोनाका तत्कालीन निर्देशक कार्लेस रेक्साच, बार्सिलोनाका खेलाडी स्थानान्तरण सल्लाहकार जोसेफ मिनगुएला र प्रतिनिधि होरासियो गागिओलीको हस्ताक्षर रहेको छ ।

Advertisement

१६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा ‘डेब्यू’ गरेका मेसीले क्लबका लागि सात सय ७८ खेल खेल्दै कुल ६ सय ७२ गोल गरेका थिए । उनले क्लबलाई १० वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि पनि चुमाएका थिए । ३६ वर्षीय मेसी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् ।

तत्काल मेसी बार्सिलोना फर्कन खोजेका भने होइनन् । तर उनी बार्सिलोनासँग कुरा नमिल्दा अमेरिकी क्लब मियामीमा आवद्ध हुन् पुगेका छन् । मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका मेसीले त्याहा पनि आफ्नो फुटबलको जादु प्रस्तुत गरिरहेका छन् । मेसी नेतृत्वको मियामी अहिले मैत्रीपूर्ण खेलमा लागि साउदी अरेबियामा आएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top