बनारसको मस्जिदमा हिन्दु पसे, भयो भव्य पूजाआजा

१८ माघ, एजेन्सी ।

Advertisement

छिमेकी राष्ट्र भारतमा लामो समयदेखि विवादित अयोध्यामा मस्जिदको साटो राम मन्दिर बनाएर प्राणप्रतिष्ठा समेत सम्पन्न भइसकेको अवस्थामा अर्काे धार्मिक स्थल वाराणसीमा समेत मन्दिरको स्थानमा मस्जिद बनाएको पाइएपछि मस्जिदमा पूजाआजा गरिएको छ ।

वाराणसी जिल्ला अदालतले बुधबार दिएको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासनले बिहीबार बिहान ज्ञानवापी मस्जिद परिसरमा रहेको व्यास तहखानेमा पूजाआजा गर्न थालेको छ । वाराणसी जिल्ला मजिस्ट्रेट एस राजलिंगमले बिहीबार बिहान पत्रकारहरूलाई यो जानकारी दिएका हुन् ।

Advertisement

उनले भने, ‘अदालतले दिएको आदेशको पालना गरिएको छ ।’ ज्ञानवापी क्याम्पसस्थित व्यास तहखाने अगाडि ब्यारिकेडिङबारे सोधिएको प्रश्नको जवाफमा उनले फेरि ‘अदालतको आदेश पालना भएको’ बताए ।जब पत्रकारले डीएमलाई पूजा गरिएको हो कि भनेर सोधे, उनले फेरि एउटै जवाफ दिए, ‘अदालतले जे भन्यो त्यसको पालना गरियो।’

यो पनि संयोग हो कि ३८ वर्ष पहिले सन् १९८६ मा अयोध्याको बाबरी मस्जिदको ताला १ फेब्रुअरीमा खोलिएको थियो । यसअघि ज्ञानवापी मस्जिद परिसरमा सर्वेक्षण गरेको भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) ले हालको संरचना निर्माण हुनुअघि त्यहाँ हिन्दु मन्दिर रहेको बताएको थियो ।

Advertisement

गत वर्ष जुलाईमा, वाराणसी जिल्ला अदालतले एएसआईलाई मस्जिद परिसरको सर्वेक्षण गर्न निर्देशन दिएको थियो। एएसआई प्रतिवेदनले चार महिना लामो सर्वेक्षण, वैज्ञानिक अध्ययन÷सर्वेक्षण, वास्तुशिल्पका अवशेष, विशेषता, कलाकृति, शिलालेख, कला र मूर्तिकलाको अध्ययनका आधारमा विद्यमान संरचना हिन्दु भएको भनी सहजै भन्न सकिने देखाएपछि अदालतले हिन्दु मन्दिर निमार्णको बाटो खोलेको हो ।

ज्ञानवापी मस्जिदमा सम्राट अकबरअघिदेखि करिब १५० वर्षदेखि मुस्लिमहरूले नमाज पढ्दै आएको मस्जिद पक्षको विश्वास छ। हिन्दु पक्षले भने वजुखानामा शिवलिङ्ग रहेको जसलाई मस्जिद पक्षले झरना भन्ने गरेको दावी गर्दैआएका छन् । यसअघि अयोध्यामा समेत बाबरी मस्जिदको स्थानमा राम मन्दिर निर्माण गर्न अदालतले नै बाटो खोलिदिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top