बालबालिकालाई हानी पुुर्याएकोमा जुकरबर्गले माफी मागे

१८ माघ, एजेन्सी ।

विश्वकै सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी मागेका छन । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा आक्रोशित भएका परिवारसँग जुकरबर्गले बालबालिकालाई पर्न गएको असरप्रति माफी मागेका हुन ।

सांसदहरुले जुकरबर्गसँगै टिकटक अर्थात एक्स, स्न्याप, र डिस्कोर्डका मालिकहरूलाई पनि अनलाइनमार्फत हुने हिंसा र अपराधबाट बालबालिकालाई कसरी जोगाउने प्रयास गरेका छन् भन्नेबारे प्रष्ट पार्न लगाएको बीबीसीले जनाएको छ । उनीहरुले बालबालिकाको सुरक्षामा केन्द्रित हुन विभिन्न प्रविधिका मालिकहरुसँग आग्रह गरेका छन् ।

Advertisement

पाँच वटा प्रविधि कम्पनीका मालिकसँगै बसेका अभिभावकले आफ्ना बच्चाहरूले प्रविधिमार्फत् भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए । सबैभन्दा बढी फेसबुक र इन्स्टाग्राममार्फत् समस्या भएकाले त्यसका मालिक जुकरबर्ग जिम्मेवार रहेका सांसदले बताएका छन् ।

जुकरबर्गले अब कसैले पनि यस्तो समस्याबाट गुज्रनु नपर्ने गरी काम गर्ने र प्रविधिलाई सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । विश्वमा सबैभन्दा बढी प्रयोग हुने शीर्ष चार सामाजिक सञ्जालमा फेसबुक, ह्वाट्सएप, युट्युब र इस्टाग्राम पर्छन् । जसमा युट्युबबाहेक सबै मार्क जुकरबर्गको कम्पनी मेटाले सञ्चालन गर्छ ।

मार्क जुकरबर्ग विश्वकै सर्वाधिक चलाइने एप्लिकेसन फेसबुकका आविस्कारक हुन् । उनले इस्टाग्रामदेखि ह्वाट्सएपसम्मलाई आफूसँग गाभ्दै ‘फेसबुक इंक’ नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । सन् २०२१ मा मात्रै जुकरबर्गले आफ्नो कम्पनीको नाम ‘मेटा प्लेटफर्म इंक’मा रुपान्तरण गरेका छन् ।

अहिले ‘मेटा’कै हिस्सा रहेको ह्वाट्सएप सन् २०१४ अघि छुट्टै कम्पनीले सञ्चालन गरेको थियो । जसको आविस्कार सन् २००९ मा ब्रायन एक्टन र जान कोउमले गरेका थिए । ब्रायन र जान सन् २००९ मा फेसबुक कम्पनीमा काम गर्न जाँदा रिजेक्ट भएका थिए । फेसबुकले रिजेक्ट गरेको ५ वर्षपछि ब्रायन र जानले नै बनाएको म्यासेजिङ एप ह्वाट्सएप १९.६ बिलियनमा फेसबुकले किनेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top