अरुण चौधरी पक्राउपछि गृहमन्त्रीलाई कसले दियो दबाब ?

१८ माघ ८०, शुक्रबार

१९ माघ, काठमाण्डौ ।
बाँसबारी छालाजुता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रतिष्ठित उद्योगी घराना चौधरी परिवारका सदस्य अर्बपछि उद्योगी तथा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदका सहोदर भाइ नै पक्राउ परेपछि गठबन्धन सरकार हल्लिएको छ ।

चौधरी प्रक्राउ पर्न साथ केही उद्योगीहरुले पत्रकार सम्मेलन गरेर धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन् भने सरकारमै रहेका अर्थमन्त्री डा प्रकाश शरण महतले समेत असन्तुष्टि जनाएका छन् । सरकारमा रहेका र उद्योगीहरुबाटै विना अनुशन्धान धरपकड गरिएको भन्दै विरोध भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरुले व्यवसायी अरुण चौधरीलाई पक्राउ पर्नुको कारण आज पत्रकार सम्मेलनको आयोजना गरी प्रष्ट पारेका छन् ।

सीआईबीले चौधरीलाई पक्राउ गर्नुअघिको ३ महिना अनुसन्धान गरेको बताएको छ । लामो अनुसन्धानपछि बिहीबार चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो ।

Advertisement

समितिले ३ महिनाको अनुसन्धानपछि अवैध तरिकाले सरकारी जग्गा हिनामिना गरेको रिपोर्ट बुझाएसँगै चौधरी पक्राउ परेका हुन् । उनीमाथि अनुशन्धान गर्न अदालतले ४ दिनको समय दिएको छ तर उनी प्रहरी हिरासतमा नभई ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उता चौधरी पक्राउ परेपछि आएको दबाब बारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पोखरा पुगेर सार्वजनिक गरेका छन् ।

पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता उनले जनाएका छन् । श्रेष्ठले भनेकाछन् , ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्– हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन ।

Advertisement

कर्मचारीले गल्ती गर्दा कारबाही ग¥यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’ निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा व्यक्तव्यबाजी गर्नुको अर्थ नभएको उनले बताएका छन् ।

चौधरी पक्राउ प्रकरणतर्फ लक्षित गर्दै गृहमन्त्रीले भने, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ । उद्योग व्यवसायीलाई यसो गर्न भएन नि ! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top