धरहराको पार्किङ बन्द गर्न भनेपछि बालेन “अनकन्ट्रोल”

२२ माघ ,काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हालै धरहरा परिसरमा महानगरले सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ कुनै पनि अवस्थामा बन्द नहुने बताएका छन् । पार्किङ बन्द गर्न पत्र आएपछि उनले आक्रोशसमेत व्यक्त गरेका छन् । तर, कसले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो उनले खुलाएका छैनन् ।

यद्यपि शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै यसअघि महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । सोही पत्रपछि आक्रोशित देखिएका बालेनले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्ष अगाडि धरहराको उद्घाटन गरेका थिए ।तर यसको निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन । धरहराको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आएको मेयर बालेनले बताएका छन् ।

Advertisement

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पूरा नभएको भन्दै उनले अहिले आएर पार्किङ बन्द गर्नु भनेर पत्र लेख्नुलाई निर्लज्ज कार्य भनेका छन् । आज बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिनेमा पनि जोड दिएका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेको प्रसंग उल्लेख गर्दै उनले उद्घाटन गरेको २ वर्ष ९ महिनासम्म पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्यमाथि प्रश्न गरेका छन् । ‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो ।

Advertisement

सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’, मेयर बालेनले लेखेका छन्, ‘तर केहिदिन अगाडि त्यहीँ ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– ‘धरहरा निर्माण हुँदैन। पार्किङ बन्द गर्नु।’ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नु भएको थियो, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

उनले तोकिएको समयमा निर्माण नगर्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन गर्ने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि माग गरेका छन् । ‘संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ,’ केपी ओलीप्रति कटाक्ष गर्दै बालेनले लेखेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुरासँग ख्याल ठट्टा नगरौँ।’ उनले पत्र पठाउँदैनमा पार्किङ बन्द हुने भन्दै महानगरको पहलमा निःशुल्क पार्किङलाई अझै व्यवस्थित गर्दै लगिने बताएका छन् ।

बालेनले अहिले धेरैको नजरमा धरहरामा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको पनि उल्लेख गरेका छन्। ‘हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन दिने छैनौँ,’ उनले भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top