मेनुका पौडेल इन्डियन आइडलबाट आउट

२१ माघ ८०, सोमबार

२२ माघ ,काठमाण्डौ ।
भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को उपाधि दाबेदार मानिएकी नेपालकी मेनुका पौडेल सो प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । ’इन्डियन आइडल’ सिजन १४ को उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका आइतवारको एपिसोडमार्फत् बाहिरिएकी हुन् ।

Advertisement

मेनुकाले सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् ।

आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले मेनुकाको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ’दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए । यसैले उनलाई आइडलको उपाधि दाबेदारका रुपमा हेरिएको थियो ।

Advertisement

यद्यपि उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेको प्रतिक्रिया दिएका छन् । मेनुका आज घर फर्किंदैछिन् । मेनुकालाई उनका प्रशंसकसहितको टोलीले बाजागाजासहित स्वागत सम्मान गर्ने कार्यक्रम छ । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृह जिल्ला झापाको हल्दिवारीस्थित सप्तक संगीत विद्यालय लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन्।

इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुती दिएकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् । त्यस्तै उनलाई आँखा देख्न सहज बनाउनका लागि चिकित्सकहरूले एआई भिजन चस्मा पनि उपलब्ध गराएका थिए ।

Advertisement

इण्डियन आइडलबाट बाहिरिएपछि पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो सांगितिक यात्र सकिएको नभइ बल्ल सुरु भएको प्रतिक्रिया दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन– इन्डियन आइडलमा मेरो यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगितिक यात्रा भर्खर सुरु भएको छ । मैले पहिलेभन्दा अझै सक्रिय रूपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेमा सबैलाई आश्वास्त तुल्याउन चाहन्छु ।

यसअघि पनि उनले भारतकै सारेगमप र नेपालको नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरिसकेकी छन् । उनका झण्डै एक दर्जन गीतहरु सार्वजनिक भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top