Powerful ceo of the world

२२ माघ ,एजेन्सी ।

विश्वका धनाढ्यहरुको सूचीमा शीर्ष १० भित्र पर्न नसकेका भारतीय अर्बपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा भने दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् ।

यो सूचीको पहिलो स्थानमा भने चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका सीईओ हुआतेङ मा रहेकाछन् । हुआतेङले ८१ दशमलव ६ अङ्क पाएका छन् । भारतीय सूचीमा पहिलो र विश्वव्यापी सूचीमा दोस्रो स्थानमा रहेका अम्बानीले भने ८० दशमलव ३ अङ्क पाएका छन् ।

Advertisement

रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा परेका हुन् । डाइभर्सिफाइड ग्रुपको श्रेणीमा भने मुकेश सबैभन्दा माथि छन् ।

अम्बानीले जुन गतिले आफ्नो व्यापार व्यवसाय विस्तार गरिरहेका छन्, यो हेर्दा उनी छिट्टै नै शीर्ष स्थानमा पुग्ने देखिन्छन् । यो सूचीमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पाँचौं स्थानमा छन् । महिन्द्रा एन्ड महिन्द्राका अनिश शाह छैटौँ स्थानमा छन् ।

Advertisement

इन्फोसिसका सलिल पारेख भने १६ औं शक्तिशाली सीईओ बनेका छन् । ब्रान्ड गार्डियनशिप इन्डेक्सले सबै सरोकारवालाहरू, कर्मचारीहरू, लगानीकर्ताहरू र समाजको हितलाई ध्यानमा राखेर प्रभावकारी रूपमा व्यापार मूल्य सिर्जना गर्ने सिईओहरुलाई मान्यता दिन्छ।

ब्रान्ड फाइनान्स सर्वेक्षणले सन्तुलित स्कोरकार्डको आधारमा सिईओहरूको मूल्याङ्कन गर्छ जसले तिनीहरूको कम्पनीको ब्रान्ड र दीर्घकालीन मूल्यको भण्डारण गर्ने क्षमतालाई समेत मापन गर्छ । फोब्र्सको रियल टाइम बिलिनिर्यस लिस्टमा भने दोस्रो शक्तिशाली सीईओ बनेका अम्बानी ११ औं स्थानमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top