२२ माघ ,काठमाण्डौ ।
शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।
आज नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार घटेको दिन आज स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।आज शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।
आज ७४ लाख ९१ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।