Nepal Times
Nepal Times
414
Shares

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला

२२ माघ ,काठमाण्डौ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ।वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा मृत भेटिएको हो।होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा केहीबेर अघि शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा भेटिएको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अर्को गैंडासँग जुधेर गैंडा मरेको हुनसक्ने बताए। ‘३० वर्ष माथिको भाले गैंडा रहेछ। शरीरमा लागेको चोटहरू हेर्दा जुधेर मृत्यु भएको अनुमान गरेका छौं,’ तिवारीले भने।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.