×

NEPAL TIMES UPDATES

Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026

भारतसँगको दुश्मनी माल्दिभ्सलाई भारी पर्याे

२२ माघ २०८०

२२ माघ ,काठमाण्डौ ।

माल्दिभ्सको आफ्नो समर्वभौमसत्ता र स्वाधिनताका लागि देशभित्र रहेका भारतीय सैनिकहरुलाई फिर्ता पाउने निर्णयपछि भारतसँगको सम्बन्धमा चिसोपना आएको छ । बसैनिक फिर्ताको अल्टिमेटमदेखि भारतसँग भएका केही सम्झौता समेत मल्दिभ्सले तोडेपछि यसको असर अहिले माल्दिभ्सको पर्यटन क्षेत्रमा परेको छ।

Advertisement
Advertisement

विदेशी पर्यटकको मामिलामा छिमेकी श्रीलंकाले माल्दिभ्सलाई पछि पारेको छ । माल्दिभ्सलाई पृथ्वीको स्वर्ग भनिन्छ र यसको समुद्र तटहरू विश्वभरका पर्यटकहरूको पहिलो रोजाइको रूपमा रहेका छन् । तर अब श्रीलंकाले ४ वर्षपछि पहिलो पटक माल्दिभ्सलाई पछाडि छोडेको छ। पछिल्लो समय सबैभन्दा धेरै भारतीय पर्यटक श्रीलंका पुगेका छन् ।

श्रीलंका भारतीय पर्यटकका लागि मनपर्ने गन्तव्य बनेको छ भने उनीहरू माल्दिभ्सबाट टाढिएका छन् । माल्दिभ्समा पहिले भारतीय पर्यटकको संख्या सबैभन्दा बढी थियो तर अहिले भारतीय पाँचौं स्थानमा पुगेका छन् । माल्दिभ्सका मिडिया रिपोर्टका अनुसार भारतीय पर्यटकहरू माल्दिभ्सलाई पछाडि छोडेर श्रीलंका गएका छन् ।

तथ्यांकअनुसार जनवरीमा माल्दिभ्समा १ लाख ९२ हजार ३८५ पर्यटक गएका थिए भने श्रीलंकामा २ लाख ०८ हजार २५३ पर्यटक पुगेका छन् । । श्रीलङ्काको पर्यटन तथ्याङ्कअनुसार गत महिना भारतबाट जाने पर्यटकको सङ्ख्या शतप्रतिशतले बढेको छ । जनवरीमा श्रीलंकामा भारतीय पर्यटकको संख्या १३ हजार ७५९ बाट बढेर ३४ हजार ३९९ पुगेको छ ।

गत वर्ष जनवरी महिनामा १७ हजार २९ भारतीय पर्यटक माल्दिभ्स पुगेका थिए भने यस वर्षको जनवरीमा १५ हजार ६ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन् । जनवरीमा भारतबाट ३४ हजार ३ सय ९९, रुसबाट ३१ हजार १५९, बेलायतबाट १६ हजार ६ सय ६५, जर्मनीबाट १३ हजार ५ सय ९३ र चीनबाट ११ हजार ५११ पर्यटक श्रीलंका पुगेका छन ।

माल्दिभ्सको पर्यटकीय बजारको हिसाबले जनवरीमा रुस पहिलो, चीन दोस्रो, इटाली तेस्रो, बेलायत चौथो र भारत पाँचौँ स्थानमा छ । जनवरी महिनामा नै लक्षद्वीप र भारतीय प्रधानमन्त्री मोदीको बिरूद्धका टिप्पणीलाई लिएर भारत र माल्दिभ्स बीच विवाद भएको थियो। गत वर्ष श्रीलंकामा कुल १४ लाख ८७ हजार ३०३ पर्यटक गएका थिए ।

जबकि माल्दिभ्समा कुल पर्यटक संख्या १८ लाख ७८ हजार ५४३ थियो। माल्दिभ्ससँग चलिरहेको विवादका बीच श्रीलंका अहिले भारतीय पर्यटकका लागि मनपर्ने गन्तव्यको रूपमा उभिएको छ । हालै भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारतीय पर्यटकलाई श्रीलंका भ्रमण गर्न अपिल गरेका थिए ।

Advertisement
Advertisement

सामाजिक सञ्जालमा भारतीयहरूले माल्दिभ्सलाई बहिष्कार गर्ने अभियान चलाएका थिए। माल्दिभ्सका मन्त्रीहरूले मोदीको अपमान गरेको भन्दै भारतमा चर्को प्रतिक्रिया आएको थियो । अझ माल्दिभ्सका राष्ट्रपति मुइज्जुले चीनको भ्रमणपछि दिएको अभिब्यक्तिले धेरै भारतीय चिढिएका थिए । टापुको देश माल्दिभ्सको प्रमुख आम्दानीको श्रोत पर्यटन हो । पर्यटकको संख्या घटे माल्दिभ्सका लागि ठूलो धक्का लाग्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top