NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

सोमवार माघ २२ , २०८०
Reading Time: 1 min read
A A
इरानले अमेरिकालाई पनि छाडेन, अमेरिकी अखडामा आक्रमण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ माघ, विराटनगर ।
इरानले सिरिया र इराकमा भएको अमेरिकी हमलालाई रणनीतिक गल्ती भएको बताएको छ । अमेरिकाले इरान समर्थित समूहहरुको कयौं ठेगानामा शुक्रबारदेखि आक्रमण सुरु गरेको छ । जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही सुरु गरेको हो ।

यसका लागि उसले इरानलाई दोष लगाएको छ । तर इरानले भने अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयले भनेको छ, सिरिया र इराकमा गरिएको हमलाले यो क्षेत्रमा तनाव र अस्थिरता बढाउने बाहेक कुनै नतिजा निस्कदैन ।

यसअघि इराकले पनि अमेरिकाको हमलाले यो क्षेत्रमा विनाशकारी परिणाम ल्याउने चेतावनी दिएको थियो । इराकको प्रधानमन्त्री कार्यालयका अनुसार, यो हमला उसको देशको संप्रभुताको उल्लंघन हो, जसमा कम्तिमा १६ सर्वसाधारण मारिएको उसले जनाएको छ ।

LS Auto

उता सिरियाले पनि उसको क्षेत्रमा अब अमेरिकी कब्जा जारी रहन नसक्ने बताएको छ । शुक्रवार अमेरिकाका कयौं बी वान सुपरसोनिक बमवर्षक विमानहरुले ३० मिनेट भित्रमा सिरियाका चार र इराकका तीन ठेगानाका ८५ वटा टारगेटमा हमला गरेको थियो ।

सिरिया, इराक, यमनमा हमला गरेको अमेरिकाले अहिलेसम्म इरानी भूमीमा भने कुनै पनि हमला गरेको छैन । तर आफूमाथि आक्रमण हुँदा इरान निर्मित ड्रोन जुन रुसलाई पनि सप्लाई गर्ने गरेको छ सो प्रयोग भएको दाबी अमेरिकाले गरेको छ ।

अमेरिका के ठान्दछ भने, चरमपंथी संगठन जुन कयौं मिलिशिया समूहहरुको एक संयुक्त मंच हो, यसलाई आईआरजीसीका तर्फबाट हतियार, फण्ड तथा ट्रेनिंग दिने गरिएको छ । तर इरानले अमेरिकी सैन्य अड्डमा भएको हमलाहरुमा आफ्नो भूमिका नभएको बताउँदै आएको छ ।

यस्तै उसले भनेको छ कि उ ‘रेजिस्टेन्स ग्रुपको फैसलाहरुमा पनि दखल दिदैन । इरानको विदेश मंत्रालयका एक प्रवक्ताले इराक, सिरिया र यमनमा भएको अमेरिकी हमलालाई ‘केवल जायनिस्ट सरकारलाई सहयोगका लागि’ गरिएको बताएका छन् ।

यसैबीच संयुक्त राष्ट्र संघमा मस्कोका प्रतिनिधि दिमित्री पोलियान्स्कीले सामाजिक संजालमा लेखेका छन्, सिरिया र इराकमा भएको अमेरिकी हमलाका कारण शांति र सुरक्षामा खतरा उत्पन्न भएको छ र यसलाई लिएर रुसले सुरक्षा परिषदको आपातकालिन बैठक बोलाउने माग गरेको छ ।

रुस परिषदको स्थाइ सदस्य हो र हाल इरानसंग नजिक देखिएको छ ।यी सब हेर्दा हुथी लगायतका ठेगानाहरु ध्वस्त पार्ने प्रयास गरेका अमेरिका, बेलायत, अस्ट्रेलिया, बहराइन, क्यानडा र हल्याण्डको अन्तर्राष्ट्रिय टास्क फोर्सका लागि जीत हासिल गर्ने काम सजिलो देखिदैन ।

हुथी विद्रोही मध्य नोभेम्बरदेखि अहिलेसम्म लाल सागरमा अन्तर्राष्ट्रीय र व्यापारिक जहाजहरुमा तीस भन्दा धेरै हमला गरिसकेको छ । उसलाई रोक्न अमेरिकी नेतृत्वको टोली पनि सक्रिय छ । तर पनि यो हमलाहरु रोकिने कुनै संकेत देखिएका छैनन ।

यस्तोमा के अमेरिका र उसका सहयोगीहरुले एक यस्तो समूहविरुद्ध जीत हासिल गर्न सक्लान् जसविरुद्ध यसअघि पनि साउदी अरबले लगभग एक दशकदेखि लड्दै आएको छ । तर सफल हुन सकेको छैन भन्ने प्रश्न पनि यतिबेला उठेको छ ।

अहिले भने साउदी अरबले लाल सागरमा भइरहेका यस्ता कारबाहीहरुमा मौनता साधेको छ । जबकि हुथीका साथमा साउदीको शान्तिवार्ता अहिले पनि जारी छ । यस्तोमा यमनका लागि अमेरिकाका विशेष दूत टिम ल्याण्डरकिंग भन्छन्, यस्तो मोडमा स्थिति आउनु अफसोसजनक कुरा हो ।

थिंक ट्यांक अटलान्टिक काउन्सिलका विलियम भेस्लर भन्छन्, अमेरिका र ब्रिटेनसंग अब शक्तिको प्रयोग गर्दै जवाफ दिनुको अलाबा अर्को कुनै चारा छैन । उनी भन्छन्, “अन्तर्राष्ट्रिय व्यापारमा आठ प्रमुख समुद्री चौकीहरु छन् । जसमध्य आधा मध्य पूर्वमा छन् ।

यसको अलावा मध्य पूर्व ऊर्जा आवस्यकता पुरा गर्ने विश्वको महत्वपूर्ण हिस्सा हो । हुथी विद्रोहीहरुले तिनै समुद्री चौकीहरु मध्ये एकमा धावा बोलेका हुन्, जुन निकै असामान्य हो।“ हुथी विद्रोहीले साउदी अरबसंग चलिरहेको युद्धमा आफु एउटा शक्तिशाली देशको सेनासंग युद्ध लड्न कति सक्षम छ भन्ने सावित गरिसकेको छ ।

इरानको समर्थन रहेको भनिएको यो समूहसंग प्रशिक्षित लडाकुहरु, आधुनिक हातहतियार, यहाँसम्मकी आफ्नै हेलीकप्टरसमेत छ । विज्ञहरु भन्छन्, हुथीसंग एक त क्षमता छ अर्को दृढ संकल्प छ । जसलाई कसैले तोड्न सक्दैन । तर उनीहरुको क्षमतालाई भने कम गर्न वा रोक्न सकिने एकथरीको तर्क छ ।

जसको प्रयासमा अमेरिकी गठबन्धन लागि परेको छ । र साउदी अरबको तुलनामा यसको सामूहिक शक्ति, रणनीति र अनुभव अधिक छ । यस्तोमा विश्लेषकहरुका अघि अमेरिका यो युद्धमा कुन हदसम्म सहभागि हुन चाहान्छ भन्ने प्रश्न छ । किनभने तेस्रो विश्वयुद्धको पनि डर छ ।अमेरिकी नीति सिमित सैन्य कारवाही र प्रतिबंधमा आधारित छ ।

अहिले जसरी उ हुथीविरुद्ध प्रस्तुत हुँदै छ, त्यो हेर्दा पनि हुथीलाई सजाय दिन र मध्य पूर्वमा हुनसक्ने ठूलो विवादलाई टार्ने प्रयास जस्तो देखिन्छ । अमेरिकन एंटरप्राइजÞ इंस्टीट्यूटका ब्रायन कार्टरको भनाई छ कि यो मिशनको मूल उद्येश्य हुथीलाई बर्बाद गर्ने वा यमनमा सरकारलाई दोहोर्याएर सत्तामा ल्याउने होइन ।

उनी भन्छन्, यो रणनीतिको उद्येश्य लाल सागरमा हुथीको अंतर्राष्ट्रीय जहाजहरुलाई चुनौती देने क्षमतालाई कम गर्नु हो । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी हमला#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.