×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

२२ माघ २०८०

२२ माघ, विराटनगर ।
इरानले सिरिया र इराकमा भएको अमेरिकी हमलालाई रणनीतिक गल्ती भएको बताएको छ । अमेरिकाले इरान समर्थित समूहहरुको कयौं ठेगानामा शुक्रबारदेखि आक्रमण सुरु गरेको छ । जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही सुरु गरेको हो ।

यसका लागि उसले इरानलाई दोष लगाएको छ । तर इरानले भने अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयले भनेको छ, सिरिया र इराकमा गरिएको हमलाले यो क्षेत्रमा तनाव र अस्थिरता बढाउने बाहेक कुनै नतिजा निस्कदैन ।

Advertisement
Advertisement

यसअघि इराकले पनि अमेरिकाको हमलाले यो क्षेत्रमा विनाशकारी परिणाम ल्याउने चेतावनी दिएको थियो । इराकको प्रधानमन्त्री कार्यालयका अनुसार, यो हमला उसको देशको संप्रभुताको उल्लंघन हो, जसमा कम्तिमा १६ सर्वसाधारण मारिएको उसले जनाएको छ ।

उता सिरियाले पनि उसको क्षेत्रमा अब अमेरिकी कब्जा जारी रहन नसक्ने बताएको छ । शुक्रवार अमेरिकाका कयौं बी वान सुपरसोनिक बमवर्षक विमानहरुले ३० मिनेट भित्रमा सिरियाका चार र इराकका तीन ठेगानाका ८५ वटा टारगेटमा हमला गरेको थियो ।

सिरिया, इराक, यमनमा हमला गरेको अमेरिकाले अहिलेसम्म इरानी भूमीमा भने कुनै पनि हमला गरेको छैन । तर आफूमाथि आक्रमण हुँदा इरान निर्मित ड्रोन जुन रुसलाई पनि सप्लाई गर्ने गरेको छ सो प्रयोग भएको दाबी अमेरिकाले गरेको छ ।

अमेरिका के ठान्दछ भने, चरमपंथी संगठन जुन कयौं मिलिशिया समूहहरुको एक संयुक्त मंच हो, यसलाई आईआरजीसीका तर्फबाट हतियार, फण्ड तथा ट्रेनिंग दिने गरिएको छ । तर इरानले अमेरिकी सैन्य अड्डमा भएको हमलाहरुमा आफ्नो भूमिका नभएको बताउँदै आएको छ ।

यस्तै उसले भनेको छ कि उ ‘रेजिस्टेन्स ग्रुपको फैसलाहरुमा पनि दखल दिदैन । इरानको विदेश मंत्रालयका एक प्रवक्ताले इराक, सिरिया र यमनमा भएको अमेरिकी हमलालाई ‘केवल जायनिस्ट सरकारलाई सहयोगका लागि’ गरिएको बताएका छन् ।

यसैबीच संयुक्त राष्ट्र संघमा मस्कोका प्रतिनिधि दिमित्री पोलियान्स्कीले सामाजिक संजालमा लेखेका छन्, सिरिया र इराकमा भएको अमेरिकी हमलाका कारण शांति र सुरक्षामा खतरा उत्पन्न भएको छ र यसलाई लिएर रुसले सुरक्षा परिषदको आपातकालिन बैठक बोलाउने माग गरेको छ ।

रुस परिषदको स्थाइ सदस्य हो र हाल इरानसंग नजिक देखिएको छ ।यी सब हेर्दा हुथी लगायतका ठेगानाहरु ध्वस्त पार्ने प्रयास गरेका अमेरिका, बेलायत, अस्ट्रेलिया, बहराइन, क्यानडा र हल्याण्डको अन्तर्राष्ट्रिय टास्क फोर्सका लागि जीत हासिल गर्ने काम सजिलो देखिदैन ।

हुथी विद्रोही मध्य नोभेम्बरदेखि अहिलेसम्म लाल सागरमा अन्तर्राष्ट्रीय र व्यापारिक जहाजहरुमा तीस भन्दा धेरै हमला गरिसकेको छ । उसलाई रोक्न अमेरिकी नेतृत्वको टोली पनि सक्रिय छ । तर पनि यो हमलाहरु रोकिने कुनै संकेत देखिएका छैनन ।

यस्तोमा के अमेरिका र उसका सहयोगीहरुले एक यस्तो समूहविरुद्ध जीत हासिल गर्न सक्लान् जसविरुद्ध यसअघि पनि साउदी अरबले लगभग एक दशकदेखि लड्दै आएको छ । तर सफल हुन सकेको छैन भन्ने प्रश्न पनि यतिबेला उठेको छ ।

अहिले भने साउदी अरबले लाल सागरमा भइरहेका यस्ता कारबाहीहरुमा मौनता साधेको छ । जबकि हुथीका साथमा साउदीको शान्तिवार्ता अहिले पनि जारी छ । यस्तोमा यमनका लागि अमेरिकाका विशेष दूत टिम ल्याण्डरकिंग भन्छन्, यस्तो मोडमा स्थिति आउनु अफसोसजनक कुरा हो ।

थिंक ट्यांक अटलान्टिक काउन्सिलका विलियम भेस्लर भन्छन्, अमेरिका र ब्रिटेनसंग अब शक्तिको प्रयोग गर्दै जवाफ दिनुको अलाबा अर्को कुनै चारा छैन । उनी भन्छन्, “अन्तर्राष्ट्रिय व्यापारमा आठ प्रमुख समुद्री चौकीहरु छन् । जसमध्य आधा मध्य पूर्वमा छन् ।

यसको अलावा मध्य पूर्व ऊर्जा आवस्यकता पुरा गर्ने विश्वको महत्वपूर्ण हिस्सा हो । हुथी विद्रोहीहरुले तिनै समुद्री चौकीहरु मध्ये एकमा धावा बोलेका हुन्, जुन निकै असामान्य हो।“ हुथी विद्रोहीले साउदी अरबसंग चलिरहेको युद्धमा आफु एउटा शक्तिशाली देशको सेनासंग युद्ध लड्न कति सक्षम छ भन्ने सावित गरिसकेको छ ।

इरानको समर्थन रहेको भनिएको यो समूहसंग प्रशिक्षित लडाकुहरु, आधुनिक हातहतियार, यहाँसम्मकी आफ्नै हेलीकप्टरसमेत छ । विज्ञहरु भन्छन्, हुथीसंग एक त क्षमता छ अर्को दृढ संकल्प छ । जसलाई कसैले तोड्न सक्दैन । तर उनीहरुको क्षमतालाई भने कम गर्न वा रोक्न सकिने एकथरीको तर्क छ ।

जसको प्रयासमा अमेरिकी गठबन्धन लागि परेको छ । र साउदी अरबको तुलनामा यसको सामूहिक शक्ति, रणनीति र अनुभव अधिक छ । यस्तोमा विश्लेषकहरुका अघि अमेरिका यो युद्धमा कुन हदसम्म सहभागि हुन चाहान्छ भन्ने प्रश्न छ । किनभने तेस्रो विश्वयुद्धको पनि डर छ ।अमेरिकी नीति सिमित सैन्य कारवाही र प्रतिबंधमा आधारित छ ।

अहिले जसरी उ हुथीविरुद्ध प्रस्तुत हुँदै छ, त्यो हेर्दा पनि हुथीलाई सजाय दिन र मध्य पूर्वमा हुनसक्ने ठूलो विवादलाई टार्ने प्रयास जस्तो देखिन्छ । अमेरिकन एंटरप्राइजÞ इंस्टीट्यूटका ब्रायन कार्टरको भनाई छ कि यो मिशनको मूल उद्येश्य हुथीलाई बर्बाद गर्ने वा यमनमा सरकारलाई दोहोर्याएर सत्तामा ल्याउने होइन ।

Advertisement

उनी भन्छन्, यो रणनीतिको उद्येश्य लाल सागरमा हुथीको अंतर्राष्ट्रीय जहाजहरुलाई चुनौती देने क्षमतालाई कम गर्नु हो । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top