राजा चार्ल्सलाई क्यान्सर, २४सै घण्टा निगरानी

२३ माघ, एजेन्सी ।
बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो । क्यान्सर पुष्टि भएसँगै उनको उपचार शुरु भएको बकिङ्घम प्यालेसले जनाएको छ । भर्खरै बढेको प्रोस्टेटको लागि उपचारको क्रममा उनमा क्यान्सर पत्ता लागेको थियो ।

दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्नेबारे बताएको छैन । ७५ वर्षीय चार्ल्सलाई सोमबारदेखि चिकित्सकको निगरानीमा राखिएको छ । आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँ पूर्ण रुपमा ठीक भएर सार्वजनिक जिम्मेवारीमा छिट्टै फर्किनेमा विश्वस्त हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ । राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाई खबर गरेका छन् । वेल्सका राजकुमार विलियम र राजदरबार र शाही पद त्यागेर अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् ।

ह्यारी केही दिनमै पितालाई भेट्न आउने तरखरमा रहेको र विलियम पिता चार्ल्ससँग नियमित सम्पर्कमै रहेको बीबीसीले जनाएको छ । क्यान्सरको उपचारका कारण राजा सम्पूर्ण सार्वजनिक दायित्वबाट हाल पर रहेको बीबीसीले उल्लेख गरेको छ । यद्यपि उनले संवैधानिक जिम्मेवारी भने निर्वाह गर्ने बताइएको छ ।

यस्तै प्रधानमन्त्री ऋषि सुनकले उनलाई साप्ताहिक रूपमा भेट्ने पनि जनाइएको छ । बेलायती प्रधानमन्त्री सुनकले राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि भएपछि शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजा चार्ल्सको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

मलाई कुनै शंका छैन कि उनी केही समयमै पूर्ण शक्तिमा फर्कनेछन्। यस्तै विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले सामाजिक सञ्जालमा लेखे, “लेबर पार्टी र म राजा चार्ल्सको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।“ हामी उहाँलाई पूर्ण रूपमा फिट भएको हेर्न उत्सुक छौं। बेलायतमा राजा राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ ।

यद्यपि उनको जिम्मेवारी भने सेरोमोनियल र राजनीतिक रुपमा तटस्थ रहने गर्दछ । सरकारको निर्णयबारे हरेकदिन राजालाई पत्र पठाउने र ब्रिफिङ गरिन्छ । हरेक बुधबार बकिंघम प्यालेसमा कार्यकारी प्रमुख प्रधानमन्त्रीले राजासँग भेट गर्ने परम्परा छ ।

प्रायः जसो हरेक बुधबार हुने राजा र प्रधानमन्त्रीबीचको भेटवार्ताको भने दस्तावेज तयार हुँदैनन् । त्यो वार्ता निकै गोप्य रहन्छ । राजाले संवैधानिक जिम्मेवारी समेत निर्वाह गर्न नसक्ने परिस्थितिमा भने राज्यका सल्लाहकारबाट त्यस्तो दायित्व वहन गराउने व्यवस्था रहेको छ ।

राज्यका सल्लाहकारमा राजपरिवारका सदस्य नै हुन्छन् । राज्यका सल्लाहकारमा रानी क्यामिला, राजकुमार विलियम, राजकुमारी बिट्रिस, राजकुमारी एनन्नी र राजकुमार एडवार्ड छन् । सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि राजा चार्ल्स तीतृयले ७४ वर्षको उमेरमा बेलायतको राजागद्धी सम्हालेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top