गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने पक्का , ७५ करोड बजेट सुनिश्चित

२२ माघ ८०, मंगलबार

२३ माघ, एजेन्सी ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको बैठकले बजेट सुनिश्चित गरेको हो । रंगशाला निमार्णका लागि बजेट सुनिश्चित गरिएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला हाम्रै पालामा बन्ने बताएकी छन् ।

प्रदेश सरकारबाट बजेट सुनिश्चित भएपछि मेयर दाहालले रंगशाला बन्छ हाम्रैपालामा भन्दै प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गरेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् । आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७० % प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ ।

क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।बागमती प्रदेशका माननिय मुख्यमन्त्रीज्यु एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाको तर्फ बाट धन्यवाद ब्यक्त गर्दछौं। यसअघि हिजो बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताको प्रकिया अघि बढेको थियो ।

अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका थिए। प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने उनले बताएका थिए । अलपत्र परेको रंगशालाको निरीक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागि सकारात्मक रहेको बताए । उनले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका थिए ।

‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पूरा गर्नु सबैको दायित्व हो,’ लामाले भने, ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ।’ ‘हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ, ढुक्क हुनुस्।’ मन्त्री जोशीले रंगशाला निमार्णको लागि अर्थमन्त्रीलाई आग्रह गरेका थिए। गृह जिल्लामा भएको परियोजनाका लागी आफूले प्रदेश सरकारमा पहल गरेको बताए।

‘रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ, मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ,’ मन्त्री जोशीले भने, ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ।’ महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन्। उनले बजेटको ब्यवस्था भए अन्तराराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताइन्।

‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो। यसलाई पूरा गर्न प्रदेश सरकारसँग हामीले ठूलो आशा गरेका छौं,’ दाहालले भनेकी थिइन्, ‘मन्त्रीज्यूबाट सकारात्मक आश्वासन पाएका छौं। आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ।’ धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा ०७५ माघमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको थियो ।

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको शुभारम्भ गरेका थिए । २० बिगाहा ८ कट्ठामा जग्गामा निर्माण सुरु गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अरब अनुमान गरिएको छ ।

त्यसका लागि फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो । तर बीचमै बजेटको व्यवस्थापन गर्न नसकेर उल्टै ऋणमा डुबेपछि फाउन्डेशनले निर्माणबाट हात झिक्दै महानगरलाई सो रंगशाला हस्तान्तरण गरेको थियो ।रंगशालाको ३० प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसकेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top