२५ माघ,एजेन्सी ।
साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले पराजित गर्दै हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
यसअघि २०१९ म पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि नै जितेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने होडमा रहेको घरेलु टोली कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा २ पटकको च्याम्पियन दक्षिण कोरियालाई स्तब्ध पार्दै पहिलो पटक फाइनल पुगेको छ ।
खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई पहिले अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । तारमा जास्सेम गाबेर अब्दुलसल्लमले १७औं मिनेटमा बराबरी गोल फर्काए । अक्रम अफिफले ४३औं मिनेटमा गोल गरेपछि कतारले पहिलो हाफमै २–१ को अग्रता बनायो ।
तर दोस्रो हाफमा इरानले खेलमा पुनारगमन ग¥यो । ५१औं मिनेटमा इरानका अलिरेजा जहानबख्शले पेनाल्टीमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो । त्यसपछि खेल झन् रोमाञ्चक बनेको थियो । ८२औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई ३–२ को अग्रता दिलाउँदै जित नजिक पु¥याएका थिए ।
र अन्तिममा त्यही गोल कतारलाई फाइनल पु¥याउन निर्णायक बन्यो । इन्जुरी टाइमको तेस्रो मिनेटमा इरानका शोजाए खालिलजादेह रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । यसअघि मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको थियो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो । उपाधि भिड्न्त भने शनिबार हुनेछ ।