नवाज सरिफले हारे चुनाव, इमरानका समर्थक १५४ स्थानमा अगाडि

२६ माघ, एजेन्सी ।

अस्थिरता र प्रतिपक्षलाई चुनाव नै लड्न नपाउने गरी प्रतिबन्ध लगाएर देशभरमा मोबाइल नेटवर्क बन्द गर्दै विहीबार सम्पन्न पाकिस्तानको आम निर्वाचनको सुरुवाटती परिणाम सार्वजनिक भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफले मानसेरा सिटबाट चुनाव हारेका छन् ।

उनले स्वतन्त्र उम्मेदवार साहजादा गास्तासापबाट पराजय भोगेका हुन् । अर्काे सिटमा पनि उनी पछि छन् । उनकी छोरी मरियमले पनि चुनाव जितेकी छन् । हालसम्म १४ सिटको नतिजा आएको छ । १४ मध्ये ६ सिटमा क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक अध्यक्ष इमरान खान समर्थित उम्मेदवारले जितेका छन् ।

Advertisement

निर्वाचन आयोगले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । पीटीआईलाई चुनावी चिन्ह ‘क्रिकेट ब्याट’ प्रयोग गर्न रोक लगाइए पछि पीटीआईका उम्मेदवारले स्वतन्त्र रूपमा चुनाव लडिरहेका थिए । निर्वाचनको नतिजा आउन ढिलो भएपछि नतिजामा हेरफेरको आरोप लागेकोछ ।

पाकिस्तानको निर्वाचन आयोगले अहिलेसम्म खैबर–पख्तुनख्वाका चार वटा नतिजा आधिकारिक रूपमा अपलोड गरेको छ । यसमा सबै पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् । हालसम्म पीटीआई–स्वतन्त्रले छ सिट जितेका छन् ।

Advertisement

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले पाँच र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले तीन सिट जितेका छन् । हालसम्म निर्वाचन आयोगले राष्ट्रिय सभाका ११ सिटको नतिजा सार्वजनिक गरेको छ । तर, यो नतिजा अन्तिम नभएको बीबीसीले जनाएको छ ।

हालसम्मको नतिजामा पाकिस्तान मुस्लिम लिग–नवाज अर्थात् पीएमएलएनले राष्ट्रियसभामा पाँच सिट जितेको छ । तीमध्ये तेहरिक–ए–इन्साफ अर्थात् पीटीआईलाई समर्थन गर्ने चार उमेदवार विजयी भएका छन् । बिलावल भुट्टो जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टीले राष्ट्रियसभामा दुई सिट जितेको छ ।

पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष शेहबाज शरीफ लाहोरको सिटबाट विजयी भएका छन् । सामाजिक सञ्जालमा इमरान खानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवार १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गरिएको छ ।

नेटिजन्सका अनुसार पीटीआई समर्थित उम्मेदवारले राष्ट्रिय सभाका १५४ सिटमा अग्रता लिएका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टी ४७–४७ सिटमा अगाडि छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top