सुन तस्करीका विषयमा माओवादी नेता महरासँग डेढ घण्टा बयान

२५ माघ ८०, शुक्रबार

२६ माघ, काठमाण्डौ ।
सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराको बयान लिएको छ । बिहीबार आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर आयोगले महराको बयान लिएको हो । आयोगले बोलाएपछि महरा बयान दिन सिंहदारबारस्थित आयोगको कार्यालयमा पुगेका थिए।

Advertisement

पहिलाको गृह मन्त्रालय भवनमा आयोगको कार्यालय खडा गरिएको छ। सोही कार्यालयमा अहिले महराको बयान लिएको हो । त्यस्तै आयोगले भिमकान्त भण्डारीको समेत बयान लिएको छ । उनी विद ल्याबका सञ्चालक हुन् । महरा १० पुस २०७९ मा फ्लाई दुबईबाट नेपाल भित्र्याइको इलेक्ट्रिक सिगरेट (भेप) मार्फत तस्करी भएको नौ किलो सुनसँग जोडिएका थिए ।

भेप चिनियाँ नागरिक लि हासोङ्गले नेपाल ल्याएका थिए । उनी फरार छन् । उनीसँग महराको कनेक्सन देखिएको थियो । उक्त तस्करी प्रकरणमा जोडिएका महराका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन् । सरकारले साउनमा तस्करी भएको ६१ किलो सुन र भेप मार्फत भएको सुन तस्करीबारे छानबिन गर्न असोजमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग बनाएको हो ।

Advertisement

आयोगले सुन तस्करीमा संलग्नहरुमाथि बयान लिनेक्रम जारी छ । पक्राउ परेर थुनामा रहेकामाथिसमेत आयोगले बयान दिइरहेको छ । यसअघि असोजमा भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत महरासँग बयान लिएको थियो।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले त्यतिबेला सीआईबीले महराको बयान लिएको थियो। चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्विकारेका थिए।

Advertisement

वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर विमानस्थलको तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको भन्दै सुन तस्करीवारे जानकारी नै नभएको दाबी गर्दै बयान दिएका थिए।यसअघि आयोगले केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको थियो।

बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरिएको थियो।६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएपछि उनी सरुवा भएका थिए। आयोगले बुधबार नै सुन तस्करीमा थुनामा रहेका चुडामणि उप्रेती ‘गोरे’सँग बयान लिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top