देशभरको अधिकतम तापक्रम बढ्न थाल्यो

२५ माघ ८०, शुक्रबार

२६ माघ, काठमाण्डौ ।
काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताए।

Advertisement

आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री रहेको छ ।

डोटीको दिपायलको अधिकतम तापक्रम २५ देखि २७ डिग्री, दाङको घोराही र रुपन्देहीको भैरहवामा २० देखि २२ डिग्री, सुर्खेतको वीरेन्द्रनगर र जनकपुरको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहेको छ।

Advertisement

यस्तै, आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अहिले कुनै पनि न्यून चापीय प्रणालीको प्रभाव नरहेकाले देशभर वर्षाको सम्भावना तत्काल नरहेको मौसमविद् अधिकारीले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top