प्रिमियर कप क्रिकेटःनेपालको अर्काे शानदार जित

२७ माघ ८०, आइतबार

२८ माघ,एजेन्सी ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार रुपमा लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई पनि आठै विकेटको फराकिलो अन्तरले हराएको थियो ।

पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । नेपाली टोलीको जितमा ओपनर सीता रानामगरले अविजित ३२ रनको योगदान गरिन् । उनले ३७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् ।

रुबिना क्षेत्रीले पनि अविजित १७ रनको योगदान गरिन् । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काइन् । ओपनर कविता कुँवर पाँच र कप्तान ईन्दू बर्मा एक रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । भुटानका बलर अञ्जु गुरुङ र अञ्जुली चालीले एक–एक विकेट हात पारेका थिए ।

Advertisement

त्यसअघि पहिले ब्याटिङ गरेको भुटानका लागि नगावाङ चोडेनले २५, कप्तान डेचेन वाङ्मोले १७ र छिरिङ जाङ्मोले १६ रन बनाए । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर, ईन्दू बर्मा र कविता जोशीले एक–एक विकेट लिए । लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुईमध्ये एक खेलमा जित हात पारेको भुटान दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । भुटानले शनिबार भएको आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ९४ रनले हराएको थियो । एक–एक खेलेका हङ्कङ र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।

Advertisement

यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा परेका छन् । नेपाली टोलीले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल मंगलबार मालदिभ्ससँग खेल्नेछ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top