एसियन कपमा कतारले गर्याे कमाल,जोर्डनको सपना चकनाचुर

२७ माघ ८०, आइतबार

२८ माघ, एजेन्सी ।

कतारले एएफसी एसियन कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो । कतार साविक विजेताको रुपमा प्रतियोगितामा उत्रिएको थियो । यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगिता पनि कतारले जितेको थियो । त्यो उसको पहिलो उपाधि थियो ।

यो पटक लगातार दोस्रो उपाधि जितेको हो । फाइनलमा जोर्डनलाई निराश बनाउने क्रममा कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बन्न सफल भएका छन् । साथै उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि चुनिए ।

Advertisement

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैँमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । खेलको ६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजान अल–नैमातले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो ।

७२औं मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो । सो अवसरमा पनि अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए । तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा आएको थियो । यसपटक पनि अफिफमाथि नै फाउल भएको थियो । उनले पुनः कुनै गल्ती नगरी ह्याट्रिक पूरा गरे ।

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनविरुद्ध जीत निकालेको थियो । यस्तै अन्तिम १६ मा प्यालेस्टाइनमाथि २–१ को जीत दर्ता गरेको थियो । क्वार्टरफाइनलमा उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो ।

कतारले २०१९ मा जापान माथि ३–१ को जीत निकाल्दै पहिलो पटक उपाधि जितेको थियो । अर्कोतिर अप्रत्यासित रुपमा पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको जोर्डन पनि उपाधि जित्ने लक्ष्यमा थियो । तर बल पोसेसन राखेर उत्कृष्ट प्रदर्शन गर्दा पनि जित निकाल्न असमर्थ भएपछि उ निराश बनेको छ । यससँगै जोर्डनको एसियन कपको पहिलो उपाधि जित्ने सपना चकनाचुर भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top