Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२८ माघ, विराटनगर ।

विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । दुहबी ९ घर भएका इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही बेर बरगाछी सडक खण्ड अवरुद्ध बनेको थियो । ट्रकका चालक चितवन ११का शेरबहादुर राईलाई भने प्रहरीले नियन्त्रणमा रहेका छन् । उनी सामान्य घाइते भएको भन्दै उपचारका लागि विराट नर्सिङहोम लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी छेदीलाल कामत, वडा प्रहरी कार्यालयबाट डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्स्पेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले सडक खुलाएको हो । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.