×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

क्यानडाविरुद्ध नेपालले बनाएका तीन कीर्तिमान

२८ माघ २०८०

२८ माघ , एजेन्सी ।
क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाइसकेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हरायो । यसअघि पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमान्चक जित हासिल गरेको थियो ।

शनिबारको खेलमा नेपालका तर्फबाट तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।

Advertisement
Advertisement

जसको जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो । क्यानडाविरुद्ध जित हात पार्ने क्रममा नेपालले त्रिवि मैदानमा तीन कीर्तिमान बनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य हो ।

यसअघि सन् २०२३ को मार्च ९ तारिखमा खेलिएको पपुवा न्यू गिनीविरुद्धको खेलमा नेपालले दुई सय ९८ रनको लक्ष्य पूरा गरेको थियो । त्यो खेलमा नेपालले पपुवा न्यू गिनीलाई ५२ रनले हराएको थियो । यस्तै अनिल शाह सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन् ।

उनी दोस्रो विकेटका रुपमा पेभेबेलियन फर्किएका थिए । उनी अर्धशतक बनाउँदै आउट भए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।

अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् ।

यस्तै क्यानडाविरुद्धको खेलमा तेस्रो विकेटकालागि सबैभन्दा ठूलो साझेदारी पनि बनेको छ । ३३.५ ओभरमा देव आउट हुँदा नेपालले दुई सय १४ रन बनाएको थियो । देव र कप्तान रोहित पौडेलले टोलीका लागि एक सय ५० रनको साझेदारी गरेका थिए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि गरेको यो नै सबैभन्दा ठूलो साझेदारी हो ।

Advertisement

यसअघि सन् २०२३ को फेब्रुअरी १४ तारिखमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि रोहित पौडेल र कुशल भुर्तेलले एक सय ३३ रनको साझेदारी गरेका थिए । नेपाल र क्यानडाबीचको तेस्रो खेल अब सोमबार विहान कीर्तिपुर मैदानमै हुनेछ । यो खेलमा पनि नेपालले जित हासिल गरे सिरिजमाथि ‘क्लिन स्वीप’ गर्नेछ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top