Nepal Times
Nepal Times
3
Shares

साउदीमा रक्सी बेच्दा सयौं नेपाली जेलमा

साउदीमा रक्सी बेच्दा सयौं नेपाली जेलमा

२९ माघ , एजेन्सी । 

साउदी अरबमा सात दशकदेखि मदिरा प्रतिबन्धित छ । त्यहाँ मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय दिने व्यवस्था छ । यस्तो कडा सजायसहित प्रतिबन्ध लगाएता पनि त्यहाँ पुगेका नेपालीहरुले भने अवैधरुपमा मदिरा बनाउने र बेच्ने गर्दै आएका छन् ।

जसका कारण अहिले सयौंको संख्यामा नेपालीहरु साउदीको जेलमा थुनिएका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन्। त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक सङ्ख्या त्योभन्दा पनि धेरै हुनसक्ने आङ्कलन गरिएको छ । ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ओसारपसार र उत्पादनको कसुरमा जेल पुग्ने गरेको अनुमान गरिएको छ ।

तर मदिराबारे त्यति कठोर नीति अँगालेको साउदी अरबमा नेपाली श्रमिकहरूले कसरी मदिरा उत्पादन गर्न सकिरहेका भन्ने प्रश्न कैयौँले सोध्ने गरेको पाइन्छ । नेपाली मात्र नभएर भारतीय, बाङ्गलादेशी र अन्य मुलुकका आप्रवासी कामदारहरू पनि मदिरा सेवन गरेको आरोपमा जेलहरूमा रहेको बताइन्छ ।

यसैवर्षको जनबरीको अन्तिम साता भने साउदी अरबले गैर मुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागेको घोषणा गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.