टेलिकमको नाफा ७.६० प्रतिशतले घट्यो,के हो कारण ?

२९ माघ ८०, मंगलबार

१ फागुन , विराटनगर ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नाफा घटेको छ । पुस मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनीको नाफा ७.६० प्रतिशतले घटेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेकोमा अहिले ७.६० प्रतिशतले घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कुल आय ३.५८ प्रतिशतले घटेको छ । यस्तै कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

Advertisement

उक्त रकम गत आ.व. को सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कुल सञ्चालन आय ४.५९ प्रतिशतले घटेको छ । १८ अर्ब चुक्ता पुँजी रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ । नाफादेखि सबै सूचक घट्नुमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको टेलिकमले बताएको छ । अन्तरआबद्धतामा गत आर्थिक वर्षको तुलनामा चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५२ करोड ९२ लाख ७५ हजारले कमी आएको छ ।

Advertisement

यस्तै, आम्दानीदेखि सञ्चालन आय र नाफा घट्नुको अन्य कारणकारुपमा बिजुलीका असहज आपूर्ति, दुर्गम तथा विकट क्षेत्रमा कम प्रतिफलमा सेवा विस्तार लगायतका कारण समेत रहेको बताइएको छ । नेपाल टेलिकम नेपालको सरकारी स्वामित्वको ९१.४९% हिस्सा भएको सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top