मलेसियामा नेपाली चेलीले बनाए कीर्तिमान माथि कीर्तिमान

२९ माघ ८०, मंगलबार

१ फागुन ,एजेन्सी ।

नेपाल र नेपालीलाई सबैभन्दा धेरै आशा र विश्वास दिलाएको क्षेत्र हो, क्रिकेट । नेपाली क्रिकेट टोलीले पछिल्लो समय एकपछि अर्काे उपलब्धि हासिल गर्दै आएका छन् । एसिया कपसहित विश्वकपसम्म नेपाल क्रिकेट पुगिसकेको छ । सोमबार मात्रै कीर्तिपुरमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाली पुरुषक्रिकेट टोलीले क्लिनस्वीप मात्रै गरेन,सिरिजमा ऐतिहासिक ५ कीर्तिमानहरु समेत बनेका छन् ।

यो जित र कीर्तिमानले सबै खेलप्रेमी नेपालीहरुलाई गौरवान्वित र हर्षित बनाइरहेका बेला नेपालको महिला क्रिकेट टोलीले पनि त्यो खुशीलाई थप दोब्बर बनाइदिएको छ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्सलाई मात्रै १३ रनमा समेटिदिएको छ ।

Advertisement

नेपालले जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो ।

नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पारी खेले ।

Advertisement

रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठूलो साझेदारी पनि हो । चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी–२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् । पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक पनि हो ।

समूह ‘डी’ मा रहेको नेपाल यसअघि नै लगातार दुई जितसँगै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई पनि आठ विकेटले नै पराजित गरेको थियो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top