कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, सेवाग्राही बेखबर

२ फागुन, विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रदेश सरकारले केही समयअघि मात्रै १० वर्षमुनिका बालबालिकाहरुका लागि घोषणा गरिएको निःशुल्क उपचार लागू भए नभएको बारे अनुगमन गरेका छन् ।

कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकालाई गतमाघ १५ गतेबाटै निःशुल्क उपचारको प्रबन्ध गरिसकेको छ ।

Advertisement

प्रदेश सरकारले उपचारका लागि पहिलो सम्पर्क अस्पताललाई प्रदेश मातहतका सबै अस्पतालका साथै, कोशी अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्थानीयतहमातहतका सबै अस्पताललाई तोकेको छ ।

बालबालिकालाई निःशुल्क उपचार गराउन पहिलो सम्पर्क अस्पतालमा जानुपर्दछ, त्यहाँबाट प्रेषण गर्नू परेमा प्रदेश सरकारले तोकेका अस्पतालमा लैजान सकिन्छ ।

Advertisement

यही सेवाको अनुगमनका लागि कोशीका मुख्यमन्त्री केदार कार्की मङ्गलवार जिल्ला अस्पतालउदयपुर पुगेका थिए ।

उनी बच्चाका वार्डमा पुग्दा आफूले बाहिरबाटै औषधि ल्याउने गरेको र निःशुल्कउपचारका बारेमा आफूलाई जानकारी नभएको सेवाग्राहीहरुले उनी समक्ष गुनासो गरेका थिए ।

छड्के अनुगमनमा पुगेका मुख्यमन्त्री कार्कीले अस्पतालको सरसफाइ लगायत विभिन्न वार्डहरूको अनुगमनमा सन्तोषजनक अवस्था नदेखिएपछि अस्पताललाई तुरुन्त व्यवस्थित गरी सरकारले कार्यान्वयनमा ल्याएका योजनाहरू तुरुन्त लागू गर्न निर्देशन दिएका छन् ।

‘सरकारका योजना कार्यान्वयनमा नल्याउने अस्पतालहरूलाई हामी कारबाही गछौं, उनले भने, कोशी प्रदेशको कोहीपनि १० वर्ष भन्दा कमको बच्चा बिरामी भएमा उपचार सेवाबाट वञ्चित नहुन् ।’

जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले सरकारको योजना कार्यान्वयनकालागि आन्तरिक व्यवस्थापन गरिरहेको बताए ।

‘हामीआन्तरिक तयारीमा छौँ, व्यवस्थापन भइरहेकाले केहीदिनबाटै निःशुल्कउपचारको सेवा सुरु गछौं उनले मुख्यमन्त्रीलाई ब्रिफिङ गराउँदै भने ।’

मुख्यमन्त्री कार्कीले आउने सेवाग्राहीलाई सहज बनाउन अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

  उनले भने ‘सेवाग्राहीलाई हरेक कुरा थाहा नहुन सक्छ, तपाईँहरूले थाहा दिनुपर्दछ कोशी प्रदेशका हरेक नागरिकले तिरेको करको सदुपयोग हुनुपर्छ । प्रदेशका बालबालिकाले उपचार पाउनुपर्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top