रोनाल्डो फेरि चम्किए, अल नासरको जित

५ फागुन ८०, आइतबार

६ फागुन ,एजेन्सी ।
क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी क्लब अल नासरले साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल फतेह माथि २–१ को जित दर्ता गरेको हो । अल नासरको जितमा रोनाल्डोसंगै ओटाभियोले एक एक गोल गरे ।

सुल्तान अल घनामको पासको सदुपयोग गर्दै खेलको १७औं मिनेटमा गोल गरेर रोनाल्डोले खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर २९औं मिनेटमा सलेम अल नाज्दीले बराबरी गोल गर्दै अल फतेहलाई खेलमा फर्काए । ७२औं मिनेटमा अल घनामकै पासमा ओटाभियोले हेडर मार्फत गोल गर्दै खेलमा अल नासरलाई जित दिलाए ।

जित पछि २० खेलमा ४९ अंक बटुलेको अल नासर लिग तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अल हिलालको १९ खेलमा ५३ अंक छ । अल फतेह भने २० खेलमा २९ अंकसहित सातौं स्थानमा छ । उता रोबर्ट लेवान्डोस्कीले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि बार्सिलानाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई शनिबार २–१ ले हराएको छ ।

Advertisement

पेनाल्टीमा निर्णायक गोल गरेका लेवान्डोस्कीले पहिलो गोल ४५औं मिनेटमा गरेका थिए । लागो एस्पासले सेल्टा भिगोको लागि दोस्रो हाफको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए । यो जितपछि बार्सिलोनाको २५ खेलबाट ५४ अंक भएको छ र तेस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड ५१ अंकमा चौथो स्थानमा छ ।

एटलेटिकोले लास पाल्मासलाई ५–० ले हराएको थियो । ओसासुनाले काडिजलाई २–० ले पराजित थियो। भ्यालेन्सिया र सेभियाबीचको खेल गोलरहित बराबरीमा टुंगियो । ६१ अंकसहित शीर्षस्थानको रियल म्याड्रिडले आज अल्मेरियासँग खेल्नेछ । यता खेलको अन्त्यतिर रोड्रिगोले गोल गरेपछि म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा हार बाट जोगिएको छ ।

Advertisement

घरेलु मैदानमा सिटीले चेल्सीलाई १–१ को बराबरीमा रोकेको थियो । यो सँगै सिटीले घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्यो । बराबरीले टोलीको उपाधि दौडमा केही धक्का लागेको छ । उपाधि होडमा रहेका लिभरपुल र आर्सनलले जित निकाल्दा सिटीले भने अंक बाढेका हुन् ।

शीर्षस्थानको लिभरपुलको २५ खेलबाट ५७ अंक छ । त्यत्तिकै खेलबाट दोस्रो स्थानको आर्सनलको ५५ अंक छ । एक खेल कम खेलेको सिटीको ५३ अंक छ । चेल्सी ३५ अंकसहित दशौं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top