पपुवा न्युगिनीमा ६४ जनामाथि गोली वर्षियो

७ फागुन , एजेन्सी ।

पपुवा न्युगिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको गोली हानी हत्या गरिएको छ । देशको प्रहरी प्रवक्ताले बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको हो । हाइल्यान्ड क्षेत्रको इतिहास हिंसाले भरिएको छ तर यो यस घटनालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ ।

यहाँ अवैध हतियारको संख्या बढेको छ र यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहरनजिकै घटनास्थलमा शव संकलन गर्न थालेको छ । अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार रोयल पपुवा न्युगिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एन्गामा यति ठूलो हिंसा यसअघि कहिल्यै देखेको थिइनँ । सम्भवतः सम्पूर्ण हाईल्यान्ड्समा यो सबैभन्दा ठूलो हिंसा हो।’

Advertisement

उनले थपे, ‘हामी यसबाट चिन्तित छौँ र के भयो भनेर बुझ्न प्रयास गरिरहेका छौँ।’ प्रायः जमिन र सम्पत्ति बाँडफाँडका विषयमा बढ्दै गएको जनजाति द्वन्द्वले गत वर्ष जुलाईमा एन्गामा तीन महिना लकडाउन गरिएको थियो, जसअन्तर्गत प्रहरीले कर्फ्यु र यात्रामा प्रतिबन्ध लगाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top