रमजानअघि बन्धक रिहा गर्न हमासलाई अल्टिमेटम

७ फागुन , एजेन्सी ।

Advertisement

इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएको छ । हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ ।मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो ।

इजरायलले आफ्नो सेना गाजाको दक्षिणी भाग रफाहमा प्रवेश गरेर आक्रमण गर्ने चेतावनी दिएको यो पहिलो पटक हो ।गाजाका विभिन्न भागबाट भागेर आएका १५ लाख प्यालेस्टिनीहरूले रफाहमा आश्रय लिएका छन् । पछिल्लो समय इजरायलले त्यहाँ हवाई आक्रमण तीव्र बनाइरहेकाले विश्वव्यापी रुपमा विरोध समेत भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top