×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अब नेपालीले भारतीय सीम कार्ड सजिलै पाउने

८ फाल्गुन २०८०

८ फागुन , काठमाण्डौ ।

अब नेपालीहरुले भारतीय सीम कार्ड सहजै पाउने भएका छन् । भारतले कानून नै संशोधन गरेर नेपालीसहित भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो । यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो ।

Advertisement
Advertisement

तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइएको छ । तीन महिनाको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने हुन्छ ।

सीम सहजै उपलब्ध हुने सम्बन्धमा भारतस्थित नेपाली राजदूत डा शंकर शर्माले अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको बताएका छन् । उनले लेखेका छन्, पहिले प्राविधिक कारणले पाइदैन थियो।

Advertisement
Advertisement

राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो! नेपालबाहेक अन्य देशबाट भारत पुगेको खण्डमा भने नेपाली नागरिकले भने पासपोर्ट र मान्य भिसा स्ट्याम्प अनिवार्य देखाउनुपर्नेछ । भारतमा रहेका नेपालीहरुले मोबाइल सीम र बैंक खाता खोल्न कठिनाइ खेप्दै आएका छन् । बैंक खाता खोल्नपनि दुतावासले सिफारिस गर्दै आएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top