×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमबाप्पे रियल मड्रिड जाने, गरे ५ वर्षे सम्झौता

८ फाल्गुन २०८०

८ फागुन , एजेन्सी ।

विश्व चर्चित फ्रान्सका प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे लामो समयको अन्यौललाई चिर्दै स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल मड्रिड जाने पक्का भएको हो । एमबाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ ।

Advertisement
Advertisement

उनी कति रकममा रियल मड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल मड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् । एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । सानैदेखि एम्बाप्पेले रियलका लागि खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् ।

उनको बहिर्गमनसँगै पीएसजीको ‘सुपर–टिम’ युग समाप्त हुनेछ । जसमा लियोनल मेसी, एम्बाप्पे, नेयमार जुनियर जस्ता स्टारहरुको दबदबा थियो । पीएसजी विश्वको सातौँ मूल्यवान फुटबल टोली हो । पीएसजीले मेसी, नेयमार र एम्बाप्पेलाई किन्न र तलब दिन मात्र १.३ अर्ब डलर खर्चेको थियो । मेसी इन्टर मायामी गएका छन् ।

भने नेयमार साउदी क्लब अल हिलालमा आवद्ध भएका छन् । एम्बाप्पेले यसअघि पनि क्लब छाड्ने प्रयास गरेका थिए । तर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले नै उनलाई पीएसजीमा बस्न फकाएका थिए । साउदीको अल हिलालले तलब र ट्रान्सफर मूल्यसहित उनका लागि १.१ अर्ब डलर खर्चिन खोजेको थियो ।

रियल मड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए । रियल विश्वकै सबैभन्दा मूल्यावन् क्लब हो । जसको मूल्य ६.०७ अर्ब डलर अनुमान गरिएको छ । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए ।

Advertisement

उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् । एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । स्पेनिस पत्रिका मार्काले पनि एमबाप्पेले रियल मड्रिडसँग सन् २०२९ सम्मका लागि सम्झौता गरेको उल्लेख गरेको छ । एमबाप्पे र रियल मड्रिडबीच १२ देखि १७ मिलियन पाउन्डमा सम्झौता भएको दाबी गरिएको छ ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top