नेपाली पासपोर्ट सुडानको भन्दा कमजोर

९ फागुन ,काठमाण्डौ ।
नेपाली पासपोर्ट विश्वका गरिब तथा द्वन्दग्रस्त मुलुकहरुको भन्दा पनि कमजोर बन्न पुगेको छ । सुडान, इथियोपिया, कंगो, हाइटी लगायतका पासपोर्ट नेपालको भन्दा बलियो भएका छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो ।

विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो ।

अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ । अध्ययनमा १९९ राहदानी र २२७ वटा यात्रा गन्तव्यहरू समावेश छन् । जसबाट १०९ वटा वरियता तय भएको थियो । नेपाल रहेको १०३औं वरियतामा लिबिया र प्यालेस्टाइनका पासपोर्ट पनि परेका छन् ।

Advertisement

तर, सुडान, साउथ सुडान, इथियोपिया, कंगो, हाइटी र भुटानजस्ता देशका पासपोर्ट नेपालको भन्दा माथिल्लो वरियतामा छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ प्रतिवेदनअनुसार हाल नेपालको पासपोर्ट ४० वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्छ । वरियतामा सबैभन्दा कम शक्तिशाली रहेको अफगानिस्तानको पासर्पोट १०९औं स्थानमा छ ।

जसको पासपोर्टमा २८ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ ।अन्तिमको अफगानिस्तानभन्दा अघि सिरिया १०८औं, इराक १०७औं, पाकिस्तान १०६औं, यमन १०५औं, सोमालियाका पासपोर्ट १०४औं स्थानमा छन् भने नेपाल र प्यालेस्टाइनको समान १०३ औं स्थानमा रहेका छन् ।

Advertisement

नेपालभन्दा ठीक माथि १०२औं स्थानमा उत्तर कोरिया र बंगलादेशका पासपोर्ट छन् भने १०१औं स्थानमा श्रीलंका छ । दक्षिण एसियाका माल्दिभ्सको पासपोर्ट ५८औं, भारतको ८५औं र भुटानको ९२औं स्थानमा छन् । सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनकाको नाम छ ।

ती सबै देशका पासपोर्टले १९४ मुलुकमा अनअराइभल भिसा पाउँछन् । भूराजनीतिमा कुनै पनि देशको सफ्ट पावर उसको राहदानीबाट देखिन्छ। एक बलियो राहदानीले नागरिकहरूलाई भिसाको आवश्यकता बिना संसारभरका देशहरूमा यात्रा गर्न अनुमति दिनेगर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top