NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

एमाले, रास्वपा र राप्रपाको एक स्वर, सभामुखको साथ

बिहिबार फाल्गुन १० , २०८०
Reading Time: 1 min read
A A
एमाले, रास्वपा र राप्रपाको एक स्वर, सभामुखको साथ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० फागुन , काठमाण्डौ । 
प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र र राप्रपाका सांसदहरुले आज मन्त्रीको राजीनामाको एजेण्डालाई प्राथमिकतामा राख्दै केही समय संसद बैठक अवरोध गरेका छन् । बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन रुलिङ गरेका छन् ।

पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए ।

बैठकमा एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका हुन् । पन्तले भने, ‘कुनै पनि मन्त्री विवादमा पर्नासाथ, झन् भ्रष्टाचारको मुद्दामा पर्नासाथ अख्तियारले मुद्दा चलाउँछ भन्ने थाहा पाएपछि बोलाउनुभन्दा अघि राजीनामा दिएका मन्त्रीहरु छन्।

गणतन्त्र कमजोर भयो भने नक्कली आँशु बगाउने अनि गणतन्त्र बलियो बनाउनेतिर नलाग्ने ?’ उनले प्रधानमन्त्रीलाई आफ्नो सत्ता टिकाइराख्ने कुरा स्वीकार्य नभएको भन्दै कारवाही गरेर देखाउन चुनौती दिए । अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई क्याविनेटमा राखेर सुशासनको गफ नदिन प्रधानमन्त्रीलाई चेतावनी दिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए । उनले भने, ‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ ।’

उनले जनताको पीडा राख्दा सरकारले नसुनेपछि संसद् मात्रै होइन सडक पनि अवरुद्ध पार्ने चेतावनी दिए। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए । प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनामा हत्या भएको भए गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री र गोली चलाउने डिएसपीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा बोल्दा बालकुमारीको घटना हत्या भएको हो । देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारी घटना यदि हत्या हो भने हत्यारा आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीको डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन ।’

यही विषयलाई लिएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेको हो ।

सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए ।ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि उनको चौतर्फी राजीनामा माग भइरहेको छ । तर मन्त्री ज्वालाको दल नेकपा एसका नेताहरुले भने राजीनामा नदिने अडान राख्दै आएका छन् ।

Tags: #संसदमा मन्त्रीको राजीनामा

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.