लहरी घरमा पल्टिएपछि सुतेकै ठाउँमा बिते बालबालिका

१० फागुन ८०, शुक्रबार

११ फागुन, विराटनगर ।

मोरङको बुढिगंगा गाउँपालिका–४ नेमुवा चोक नजिकै भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको ज्यान गएको छ । भारतबाट मार्बलको ब्लक लिएर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी सडक छेउमा रहेका घरमा पल्टिँदा किचिएर बालबालिकाहरूको मृत्यु भएको हो ।

शुक्रवार बिहान करिब ८ बजेतिर भएको दुर्घटनापछि दुर्घटना स्थलबाट घाइतेहरूको उद्धार गर्ने प्रयास गरे पनि मार्बलको ब्लकले किचिएर बालबालिकाहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बूढीगंगा–४ प्रगति टोलमा ५५ वर्षीय ज्योति अधिकारीका जुल्याहा छोराछोरीको सुतिरहेकै ठाउँमा किचिएर मृत्यु भएको छ ।

Advertisement

 

Advertisement

मृत्यु हुनेमा चार वर्षीया इसिता अधिकारी र निशान्त अधिकारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै अधिकारीको घरमा रहेको पसलमा आएकी ७ वर्षीया रिया खवासको समेत लरीबाट खसेको मार्बलले किचेर मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मार्बलको ब्लकले किचेर ज्योति अधिकारी समेत घाइते भएका छन् ।

उनको खुट्टा लरीले किचेको हो । प्रहरीले क्रेनको सहायताले मार्बलको ब्लक पन्छाएर उनलाई उद्धार गरी थप उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको मोरङ प्रहरीले जनाएको छ । कोयलपुरस्थित अन्नपूर्ण मार्बल उद्योगको कच्चा मार्बल ब्लक लिएर आएको भारतीय नम्बर प्लेटको लरी सडकमा फसेपछि बिजुलीको पोललाई ठक्कर दिँदै दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनापछि लरी चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुशार क्रेनको सहयोगमा प्रहरीको टोलीले ७ घण्टाको प्रयास पछि मात्रै बालबालिकालाई बाहिर निकालेको थियो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top