×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल समूह विजेता बन्दै वाफको सेमिफाइनलमा

१३ फाल्गुन २०८०

१३ फागुन ,विराटनगर । काठमाण्डौ ।
नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो ।

लगातार तेस्रो जितका साथ नेपालले ९ अङ्क जोडेको छ। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे । पहिलो हाफमा रेखाको पासमा साम्बाले गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफमा साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।

Advertisement
Advertisement

त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । इन्ज्युरी समयमा साम्बालाई पेनाल्टी क्षेत्रभित्र साम्बालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गीताले पेनाल्टीमा गोल गर्दै नेपालको ४–० को जित पक्का गरिन् । जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन् । उनी गोल्डेन बुटको दाबेदार हुन् ।

Advertisement

इराकविरुद्ध उनी उक्लैले ५ गोल गरिन् । नेपालले अब सेमिफाइनलमा पर्सि मंगलवार लेबनानसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ बाट समूह विजेता बनेको जोर्डन र समूह ‘बी’ को उपविजेता प्यालेस्टाइन खेल्नेछन् । फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top