अन्ततः नाभाल्नीको शव आमालाई हस्तान्तरण

१३ फागुन,  एजेन्सी ।
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शंकास्पद मृत्युलाई लिएर विश्वभरबाट चासोका साथ हेरिएको उनको शव अन्ततः मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको छ। सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनेका छन्, “एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।”

नाभाल्नीको शव राखिएको आर्कटिक सहर सालेकहार्डमा नै उनकी आमा ल्युडमिला नाभाल्नाया रहेको यार्मिशको भनाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ । फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको रुसले बताएको थियो । तर उनको परिवारजनले उनलाई रुसले विष दिएको आरोप लगाउदै आएका छन् ।

अमेरिकासहित पश्चिमा राष्ट्रहरुले समेत उनको शव ततकाल परिवारलाई उपलब्ध गराउन रुसलाई दबाब दिएका थिए । यही प्रकरणलाई समेत जोडेर पछिल्लो समय अमेरिकाले रुसमाथि थप ५ सय प्रतिबन्ध लगाएको छ । रुसी प्रेस सेवालाई उद्धृत गर्दै सिएनएनले नाभाल्नीले ‘टहलिएपछि अस्वस्थ महसुस गर्नुभएको’ र ‘करिब तुरुन्तै’ बेहोश हुनुभएको बताएको छ ।

Advertisement

यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको बताएका छन् । नाभाल्नीको परिवार र सहकर्मीहरूले उनको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ ।

एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उनको अन्तिम संस्कारमा ठूलो भीड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाएकी छन् । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको सिएनएनले बताएको छ । एलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्ड गएकी थिइन ।

Advertisement

यद्यपि उनको अनुरोधलाई रुसी अधिकारीहरूले बारम्बार अस्वीकार गरेका थिए । एलेक्सी नाभाल्नीको श्रीमती र छोरीले फेब्रुअरी २२ मा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । बाइडेनले एलेक्सीको विरासत रुस र विश्वभरका मानिसले उनको क्षतिमा शोक मनाउने र स्वतन्त्रता, लोकतन्त्र तथा मानवअधिकारहरूका लागि लड्ने माध्यमबाट जारी राख्नेमा जोड दिएका छन् । नाल्भानीकी पत्नीले उनको अभियान अघि बढाउने बताइसकेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top