१५ फागुन, एजेन्सी ।
दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक गरेको छ ।
स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसका क्रममा सामसङले ग्यालेक्सी रिंग सार्वजनिक गरेको टेकक्रन्चले जनाएको हो ।
सामसङका सर्कुलर सह–संस्थापक तथा सिइओ अमाउरी कोसमनले सामसङ ग्यालेक्सी रिंग यसै वर्षको अन्त्यमा बजारमा आउने जानकारी गराए ।
औँठीमा रहेको सेन्सरले औँठी लगाउनेहरुको हृदयको गति, चाल र श्वासप्रश्वास पनि मापन गर्नेछ । जसका कारण स्वास्थ्य र निद्राको ढाँचालाई मापन गर्न सहयोग पुग्ने बताइएको छ ।