मंगलबार नेप्सेमा  ९.३४ अंकको वृद्धी

१४ फागुन ८०, मंगलबार

१५ फागुन, काठमाण्डौ ।

आज मंगलबार  नेप्सेमा  ९.३४ अंकको वृद्धी भएको छ।  नेप्से ०.४६ प्रतिशतले बढेर २००१. ६४ विन्दुमा बन्द भएको छ।नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ।मंगलबारको बजारमा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रूपैयाँको सेयर कारोबार भएको थियो। मंगलबारको तुलनामा आज कारोबार रकममा १५ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३०८ वटा धितोपत्रको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच भएको हो।

Advertisement

मंगलबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८९ वटाको घटेको छ। यस्तै, १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन बोटलर्स नेपाल (बालाजु)र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः १७ हजार ८५५ रूपैयाँ ५० पैसा र एक हजार १५३ रूपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, सामलिङ पावरको सेयरमूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६६१ रूपैयाँ पुगेको छ।चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.०६ प्रतिशतले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य ६०२ रूपैयाँ ९० पैसामा झरेको छ।यस्तै, कालिञ्चोक दर्शनको सेयरमूल्य ४.३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५६ रूपैयाँ कायम भएको छ।

Advertisement

मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४५१ रूपैयाँ ५० पैसामा १४ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०८ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ।उक्त कम्पनीको प्रतिकित्ता ४८५ रूपैयाँ १० पैसामा ८ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ०.२८ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top