१५ फागुन, काठमाण्डौ ।
आज मंगलबार नेप्सेमा ९.३४ अंकको वृद्धी भएको छ। नेप्से ०.४६ प्रतिशतले बढेर २००१. ६४ विन्दुमा बन्द भएको छ।नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ।मंगलबारको बजारमा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रूपैयाँको सेयर कारोबार भएको थियो। मंगलबारको तुलनामा आज कारोबार रकममा १५ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३०८ वटा धितोपत्रको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८९ वटाको घटेको छ। यस्तै, १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन बोटलर्स नेपाल (बालाजु)र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः १७ हजार ८५५ रूपैयाँ ५० पैसा र एक हजार १५३ रूपैयाँ ९० पैसा कायम भएको छ।
यस्तै, सामलिङ पावरको सेयरमूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६६१ रूपैयाँ पुगेको छ।चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.०६ प्रतिशतले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य ६०२ रूपैयाँ ९० पैसामा झरेको छ।यस्तै, कालिञ्चोक दर्शनको सेयरमूल्य ४.३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५६ रूपैयाँ कायम भएको छ।
मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४५१ रूपैयाँ ५० पैसामा १४ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०८ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ।उक्त कम्पनीको प्रतिकित्ता ४८५ रूपैयाँ १० पैसामा ८ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ०.२८ प्रतिशतले घटेको छ।