×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

विराटनगर जुटमिल्स पुन: सञ्चालनमा, दैनिक ६ टन उत्पादन सुरु

२८ भाद्र २०७५

विराटनगर भदौ २८
मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स पुन सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले बुधबारदेखी व्यबसायिक उत्पादन थालेको हो । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिल्सबाट दैनिक ६ टन उत्पादन सुरु गरिएको जुट मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए ।

Advertisement
Advertisement

मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । उनले अहिले दैनिक ६ टन मात्र उत्पादन थालिएको भएपनि त्यसलाई बृद्धि गर्दै २० टन सम्म पु¥याइने बताए ।

वनले मिल्समा जीर्ण मेसिन मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय काम सकेपछि मिल्स पुन सञ्चालन गरिएको बताए । भारतको कलकत्ताबाट ल्याइएका जुट विशेषज्ञको टोलीले उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको जुट मिल्सले जनाएको छ ।

पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ । अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाउने बताएका छन् । मिल्सले कामदारको सूची बनाइसकेकाले सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरुलाई रोजगारी दिँदै जाने योजना बनाएको छ ।

११ केभीएको विद्युत लाइन काटिएपछि समस्या भएकोमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ ।

मिल्सले मासिक ५ लाख रुपैयाँ भुक्तानी गर्ने सर्त राखेकोमा त्यसलाई प्राधिकरणले नमानेपछि नयाँ सम्झौता भएको बताइएको छ । मिल्सलाई २४ घण्टा नै पर्याप्त विद्युत उपलब्ध हुने गरी ३३ केभिए प्रशारण लाइन जोडिदिन सरकारसँग समेत माग गर्दै आएको छ ।

नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतको सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले वि.सं १९९३ मा मिल्सको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि ।

Advertisement

विराटनगर जुटमिल्स क्षेत्रलाई संग्रहालयको रुपमा विकास गर्न सरकारले तयारी गर्ने यसअघि मिल्सको निरीक्षणमा आएका उद्योग मन्त्री मातृका यादवले जानकारी गराएका थिए । मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने अध्यक्ष बसन्त वनले बताए । उनले विभिन्न कारणले जुट मिल बन्द हुँदै खुल्दै गरेको भएपनि अब दिगो रुपमा सञ्चालन हुने दावी गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top